सोमबार, साउन ३० २०७९
काठमाडौं १६:२९
वासिङटन डिसी 06:44

अमेरिकाको न्युयोर्कमा ” उर्गेन शेर्पा डे ” मनाउने घोषणा

इनेप्लिज २०७८ भदौ ८ गते ९:३५ मा प्रकाशित

ईनेप्लीज,२४ अगस्ट २०२१,वाशिंगटन डिसी अमेरिकाको न्युयोर्क शहरमा अक्टुबर २४ तारिखका दिन ” उर्गेन शेर्पा डे ” मनाउने घोषणा गरिएको छ।
अमेरिकाको प्रतिनिधी शभा सदस्य माननीय ग्रेस मेङ्गले उक्त कुराको घोषणा गर्नुभयो।

न्युयोर्कको निर्बाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधी शभामा निर्बाचित माननीय साँसद ग्रेस मेङ्गले आफ्नो निर्बाचन क्षेत्रका नागरिकहरुलाई कोरोना महामारीमा रातदिन खटेर सहयोग गरे बापत नेपाली मुलका उर्गेन शेर्पाको सम्मानमा न्युयोर्क शहरमा ” उर्गेन शेर्पा डे ” मनाउने घोषणा गर्दै अमेरिकी सरकारको तर्फबाट उक्त घोषणाको औपचारिक जानाकारी प्रोक्ल्यामेसन उर्गेन शेर्पालाई हस्तान्तरण गर्नुभयो।

अमेरिकामा रहेका करिब पन्ध्र हजार शेर्पाहरुको संस्था युनाईटेड शेर्पा एसोसिएसन ( शेर्पा किन्दुग ) को अध्यक्ष पदमा रहेर गत:बर्ष कोरोनाको महामारीमा ज्यानको बाजी लगाएर,रात दिन खटेर न्युयोर्कका कुनै पनी अमेरिकनले गर्न नसकेको काम नेपालका उर्गेन शेर्पाले गरेका थिए।कोरोनाको शुरुवातमा संसारमै सबैभन्दा धेरै मान्छेको मृत्यु भएको न्युयोर्क शहरमा न्युयोर्कबासी धेरै नेपाली उर्गेन शेर्पाको सक्रियताको कारणले मृत्युबाट बचेका थिए। कोरोनाको शुरुवातको बेला – बजारमा कहीं कतैपनी नपाईने समयमा मास्क,स्यानीटाईजर उर्गेन शेर्पाले नेपालीहरुको डेरा डेरामै पुर्याई दिएका थिए।लकडाउन शुरु भएदेखी सबै नेपालीको काम टुट्न गएर खाने खर्चपनि नभएर हालत बिजोक भएका नेपालीहरुलाई खाने चामल,दाल,नुन तेल,साग सब्जी,पाउरोटी,चाउचाउ जस्ता खाने कुरा ग्रुसरी उर्गेन शेर्पाले उपलब्ध गराई दिएका थिए भने भिसा नभएको कारणले डेरा बाहिर निस्कनै नसकेका नेपालीहरुलाई चाहिं पकाएर तयार पारिएकै तयारी खाना नै लन्च , डिनर दु:ख पाएका नेपालीहरुको डेरा डेरामै पुर्याई दिएका थिए।

न्युयोर्कको स्थानीय मेयरको कार्यालयसंगको सहकार्यमा सिटी काउन्सिलर र फुड जार, ग्रो एनवाईसी नामक संस्थाहरुको सहयोगमा उर्गेन शेर्पाले नेपालीहरुलाई डेरा डेरामै खाना पुर्याई दिएका हुन्।खाने खर्चको समस्यामा भएका परिवारहरुलाई-गत:बर्ष कोरोनाको शुरुवातको बेला देखी हाल: सम्मै ” शेर्पा किन्दुग ” ले हरेक हप्ताको शनीबार नि:शुल्क खाद्यान्न बितरण गरिरहेको छ।

बिशेष गरी भिषा नभएका र बिद्यार्थीहरु खाने खर्च नै नभएर भोकले नै मर्नुपर्ने स्थितीमा पुगेका नेपालीहरुलाई मृत्युबाट बचाई दिएको जानाकारी पाएपछी उक्त निर्बाचन क्षेत्रबाट प्रतिनिधी शभामा निर्बाचित माननीय साँसद ग्रेस मेङ्गले आफ्नो शहरमा ” उर्गेन शेर्पा डे ” मनाउने निर्णय गरेका हुन्।

संसारकै राजधानी मानिने न्युयोर्क शहरमा अमेरिकी सरकारको पक्षबाट नेपालको छोरो उर्गेन शेर्पाको सम्मानमा ” उर्गेन शेर्पा डे ” मनाउने कुरा भनेको नेपाल राष्ट्रकै लागी गौरबको बिषय भएकोले ,” शेर्पा किन्दुग ” का निबर्तमान अध्यक्ष उर्गेन शेर्पा समक्ष इनेप्लीज परिवारको तर्फबाट हार्दिक बधाई टक्र्याउंछौं ।

प्रतिक्रिया