सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:१२
वासिङटन डिसी 17:27

यौन उत्पीडन काण्डमा मुछिएका न्यूयोर्कका गभर्नर कुमोद्वारा पद छोड्ने एक दिन अगाडी आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरु बिरुद्ध हमला

इनेप्लिज २०७८ भदौ ८ गते ०:४० मा प्रकाशित

११ जना महिलाले आफु माथि यौन उत्पीडन भएको भनि उजुरी दिएको कारण न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोले अगस्त २४ मंगलबारका दिन पद छोड्नु अगाडी आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरुमा बिरुद्ध हमला गरेका छन् भनि सिएनएनले समाचार लेखेको छ ।

उनको अगस्त २३ सोमबार गभर्नर पदको अवधि अन्तिम हुने छ भने मंगलबार अगस्त २४ का दिन उनि गभर्नर पदमा रहने छैनन् । १० बर्ष सम्म गभर्नर रहेका उनि यौन उत्पीडनको मामलामा नराम्रोसंग तानिए पछि उनको राजनैतिक पेशामा ठूलो धक्का लागेको छ ।

उनले राज्यका महान्यायाधिवक्ता लेटिटिया जेम्स प्रति आफ्नो विदाई सम्बोधनमा प्रश्न उठाए। न्यूयोर्कको ईतिहासमा एक शताब्दी भन्दा बढि समयमा महाअभियोग लाग्ने सम्भावना देखे पछि कुमोले १० अगस्तमा राजीनामा दिने योजनाको घोषणा गरेका थिए ।

उनका उप गभर्नर क्याथी होचुलले आगामी मंगलबार अगस्त २४ को बिहान उनको ठाउँमा शपथ लिनेछिन । उनि पनि न्यूयोर्क पहिलो गभर्नर बन्ने महिला हुने भएकी छिन ।

गभर्नरको रूपमा आफ्नो अन्तिम सार्वजनिक टिप्पणीमा कुमोले आफ्ना ठूला उपलब्धिहरुको बारेमा बताए । कुमोले बारम्बार उनी विरुद्ध यौन दुर्व्यवहारको आरोप अस्वीकार गरेका छन् ।

कुमोले भने, “राष्ट्रका कुनै पनि गभर्नरले म भन्दा बढि प्रगतिशील लक्ष्यहरू पारित गरेका छैनन्, तर म मेरो आफ्नै दलका केहि मानिसहरुसंग असहमत छु जसले प्रहरीहरुलाई बचाउन बोलाए।” “मलाई विश्वास छ कि यो भ्रामक छ। मलाई विश्वास छ कि यो खतरनाक छ। बन्दुकको हिंसा र अपराध भित्री शहरहरुलाई नष्ट गरी रहेछ। न्यूयोर्क शहरलाई हेर्नुहोस्। पीडितहरु मध्ये अधिकांश गरिब, अश्वेत र खैरा छन्।”

“हामीले के हासिल गर्यौं नबिर्सनुहोस्। हामी देशमा संक्रमणको उच्चतम दरबाट सबैभन्दा कममा गयौं,” कुमोले भने। “हामीले त्यो गरेका थियौं जो कसैले सोचेको थिएन। किन? किनकि जब बाँकी राष्ट्रले बालुवामा टाउको राखे र विज्ञानलाई इन्कार गरे र राजनीति खेले, हामीले तथ्यहरुको सामना गर्यौं र हामीले कठिन तर आवश्यक निर्णय लिए।” उनले बिदाई हुनु अगाडी भने ।

प्रतिक्रिया