मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:२७
वासिङटन डिसी 03:42

‘तीजको महिना छ’ भन्दै मोडलहरुसंगै गायिका रचना रिमालले पनि मर्काईन् कम्मर

इनेप्लिज २०७८ भदौ ७ गते २१:३८ मा प्रकाशित


चर्चित गायिका रचना रिमालको “तिजको महिना छ” बोलको गितको भिडियो सार्वजनिक भएको छ।उक्त गितमा शब्द डि.पि खनालको रहेको छ भने संगीत नबिन कार्कीको छ गितमा स्वर भने रचना रिमालको रहेको छ।भिडियोलाई एरेन्ज र मिक्सिंग बिसाल निरौलाले गरेका हुन्।

डान्स बिटमा तयार भएको गीतको भिडियोमा कोरस डान्सरहरुका बिचमा अनिता बस्नेत,सबिना आचार्य,रक्षा बुढाथोकी र एलिना राना फिचर्ड छिन्।यी चारै जना मोडलले गीतको भिडियोमा मज्जैले कम्मर मर्काएकी छन्।तीजमा कोरोनाका कारण खुलमखुल्ला भिडभाडमा नाच्न नपाईएको अवस्था र साथीसंगीहरु संग रमाउन नपाईएको अवस्थालाई गीतमा उठान गरिएको छ।मिराज अर्यालको छायांकन तथा सम्पादन रहेको भिडियोलाई योगेन्द्र कर्कीले निर्देशन गरेका हुन्।

प्रतिक्रिया