चलचित्रकर्मी मिडीयाकर्मी र चलचित्रका विद्यार्थीहरु बिच राजधानीमा कान्तिपुर फिल्म एकेडेमीको फिल्म स्क्रीनिङ्ग कार्यक्रम सम्पन्न

इनेप्लिज २०७८ भदौ ७ गते ११:११ मा प्रकाशित

चलचित्र सम्बन्धी कार्यक्रमहरु लगभग ठप्प भईरहेको यो बेलामा केही चलचित्रकर्मी मिडीयाकर्मी र चलचित्रका विद्यार्थीहरु बिच राजधानीमा कान्तिपुर फिल्म एकेडेमीको फिल्म स्क्रीनिङ्ग कार्यक्रम सम्पन्न भयो।महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा नयाँ बानेश्वरको एवान सिनेमा हलमा कार्यक्रम सञ्चालन भएको थियो।कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरुले बनाएको सर्ट फिल्महरु हेर्दै १ बर्ष फिल्म अध्ययन गरेका विद्यार्थीहरुलाई ग्राजुएट गरेर बिधार्थिहरुको हौसला बढाउदै महानायक हमालले भने ‘चलचित्र क्षेत्र एकदमै लोकतान्त्रिक क्षेत्र हो।यहाँ जो कोही पनी प्रवेश गर्न सजिलै सक्छ तर टिकीरहन जो कोही पनी सक्दैन, त्यसैले हरेकले एकदमै सोचेर र बिचार गरेर मात्रै कदम चाल्नुपर्छ’।

साथै टिकटकले आज भोली जो कसैलाई सजीलै कलाकार बनाईदिएको तितो यथार्थ सुनाउदै मेहेनत गरेर निरन्तर लेटेस्ट टेक्नोलोजी र सोसाईटीलाई बुझेर अगाडी बढ्न सके सफल भईन्छ भन्दै हौसला दिएका थिए।

कान्तिपुर फिल्म एकेडेमिकाबाट ग्राजुएट भएका विद्यार्थीहरुले बनाएको ७ वटा सर्ट फिल्महरुको प्रदर्शन गर्दै ३१ जना विद्यार्थीहरुलाई ग्राजुएसन गरीएको थियो । उक्त कार्यक्रममा मौसमी गुरुङ्गको ‘खरानी’,सुरेन्द्र सिंहको ‘युवा’, सनोल दासको ‘झोल’, बर्षा पौडेलको ‘सेफ्टी पीन’,

अनिश बुढाथोकीको ‘युद्ध जारी छ’,आशिष अधिकारीको ‘ऋतु’, र रजिना अर्यालको ‘आखीर कीन ?’ प्रदर्शन भएको थियो।

उक्त सर्ट फिल्महरुमा फिल्म एकेडेमी मै अध्ययन गरेका विद्यार्थीहरुले नै अभिनय,सिनेम्याटोग्राफी गरेका थिए।स्क्रीनीङ्ग पश्चात हरेक फिल्मका टिमसँग चलचित्रकर्मी र दर्शकहरुले अन्तरकृया गरेका थिए।कार्यक्रमको अन्त्यमा सिमित श्रोत र साधनमा विद्यार्थीहरुले बनाएका सर्ट फिल्महरु नेपालमा भईरहेका विबिध फिल्म फेस्टीवलमा देखीने भन्दा धेरै अब्बल भएको फिल्म समीक्षक तथा समालोचक सचीन घिमिरेले बताए।उक्त फिल्म स्क्रीनीङ्ग तथा ग्राजुएसन कार्यक्रममा चलचित्रकर्मीहरु ज्ञानेन्द्र देउजा,सुवर्ण थापा,दिवाकर भट्टराई,रेनसा बान्तवा राई,मुस्कान ढकाल,रोशन हमाल,गोपाल कायस्थ,साहिल खान,विधान कार्की, सरीता गिरी,केशव पाण्डे, दशरथ गिरी लगायतले फिल्म हेरेर अन्तरकृया सहीत फिल्मका विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो।

कोभिड १९ को कारणले चलचित्रका विविध क्षेत्रसँगै फिल्म स्कुल पनी अत्याधिक मारमा परेको छ।यस्तो समयमा यही क्षेत्र मै केही गर्छु भनेर पढीरहेका विद्यार्थीहरुको भविष्य नै अन्योल मा परीरहेको र उनीहरु हतोत्साहीत हुन सक्ने भन्दै फिल्मका विद्यार्थीहरु र नयाँ प्रवेशीहरुलाई जागरुक बनाउन र हौसला दिन यस्तो फिल्म स्क्रीनीङ्ग र ग्राजुएसन कार्यक्रमको आयोजना गरीएको कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी दिएका थिए।

प्रतिक्रिया