पोखराको महेन्द्रपुलमा रातिमा सडक भा’सियो, स्थानिय त्र’सित (भिडियो सहित)

इनेप्लिज २०७८ भदौ ७ गते १०:२१ मा प्रकाशित

पोखरामा साँझपखबाट शुरु भएको भीषण बर्षासँगै आएको ठुलो भलका कारण घर नजिकैको सडक भास्सिएपछि स्थानीयवासी त्रसित बन्न पुगेका छन।पोखराको उतरी क्षेत्र विन्ध्यवासीनी मन्दिर र नदीपुर हुँदै आएको भलपानी भास्सिएको जमिनमा पसेपछि स्थानीयवासीले खतरा महशुस गरेका हुन।सडकमा करिव पाँच मिटर लामो र दुई मिटर गहिरो खाडल हुने गरी सडक भास्सिएको थियो।

जमिन भास्सिनेक्रममा बिद्युत र टेलिफोनको पोलसँगै सडकको नाली र सडक पेटीलाई पनि असर परेको थियो।सडक भास्सिदा पार्किङ गरी राखिएको नानो कारको केहि भाग धस्सिएपनि तत्काल स्थानीयवासी र प्रहरीको टोलीले उचालेर सुरक्षित स्थानमा सारेका थिए।

प्रतिक्रिया