मोरङ,६ भदौ।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीे ‘प्यासी’ले जनै पूर्णीमा,रक्षा बन्धन,क्वाटि खाने दिन तथा संस्कृत दिवसको पुनित अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य,दीर्घायू एबम् उत्तरोत्तर प्रगति,उन्नतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
प्रमुख अधिकारी आज एक सन्देश जारी गर्दै अहिले पनि विश्वमा कोरोना भाइरस (कोभीड – १९) को महामारीबाट मुक्त भैइनसकेको अवस्थामा भौतिक तथा सामाजिक दुरी कायम गरी यस पर्वलाई मनाउनु सबै जनसमुदायको अनिवार्य कर्तब्य बनेको कुरालाई स्मरण गराउन चाहन्छु उल्लेख गर्नु भएको। उहाँले कोरोनासँगै नेपालका विभिन्न स्थानमा बाढी, पहिरो,नदी कटान,डुवान तथा नदीको सतह बढेर ठूलो जनधनको क्षति भइरहेको अवस्थामा सम्पूर्ण जनताका सबै तहका प्रतिनिधि र सरोकार वाला सबै निकायलाई जनधनको रक्षाका लागि र दुःखमा परेका आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलार्ई साथ दिन ध्यानाकर्षण गराउन चाहन्छु सन्देशमा उल्लेख गर्नु भएको छ।
प्रदेश प्रमुख अधिकारीले बहुलजाति,बहुलभाषा,बहुसंस्कृति,बहुधार्मिक विशेषताले युक्त सुन्दर देश नेपालका राष्ट्रप्रेमी नेपालीहरु एकता र राष्ट्रिय स्वाभिमानका प्रतिक हुन् भन्दै जनै पूर्णीमा,रक्षा बन्धन,क्वाटि तथा संस्कृति दिवसले आफन्तसँगको भेटघाट,साँस्कृतिक मनोरञ्जन तथा धार्मिक आस्था प्रवर्धन र सामुहिक हर्षबढाइँका साथ शुभकामना आदान प्रदान गर्ने परम्पराले आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने भएकाले हिन्दुहरुले मनाउँने यस पर्वलाई महत्वका साथ हेरिने गरिन्छ उल्लेख गर्नु भएको छ।
उहाँले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवम् आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्र्वद्धन तथा विकास गर्ने कुरामा मैले विश्वास लिएको छु सन्देशमा उल्लेख गर्नु भएको छ।
अन्त्यमा,जनै पूर्णीमा,रक्षा बन्धन,क्वाटि तथा संस्कृति दिवस भव्य र सभ्य रुपमा सफल होस् भन्ने अपेक्षासहित मुलुकको सार्वभौमिकता,अखण्डता र राष्ट्रिय एकताका निमित्त हाम्रा पर्व तथा संस्कृति दिवसबाट सबैमा प्रेरणा मिलोस् एवं पुन:सबै–सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु प्रदेश प्रमुख अधिकारीले उल्लेख गर्नु भएको छ।
प्रतिक्रिया