शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:३१
वासिङटन डिसी 13:46

न्यूयोर्कमा दुई तला सिढीबाट खस्दा ४६ बर्षिय मानिसको मृत्यु

इनेप्लिज २०७८ भदौ ६ गते ०:१७ मा प्रकाशित

न्यूयोर्कमा दुई तला सिँढीबाट खस्दा ४६ वर्षीय मानिसको मृत्यु भएको छ । उनको निधन न्यूयोर्कको बेसबल खेल खेल्ने सिटी फिल्ड नामक रङ्गशालाको सिढीबाट झरे पछि भएको हो ।

गत शुक्रबार उनको बेसबल पार्क(सवारी साधन अडान)क्षेत्रमा भएको थियो । न्यूयोर्क प्रहरी बिभागले सिएनएनलाई करिव ९ :०५ मिनेटमा प्रहरीलाई खबर गरिएको बताएका थिए ।

त्यहाँ प्रहरी पुग्ने बित्तिकै त्यहाँ पुगेका स्वास्थ्यकर्मीहरुले उनलाई प्राथमिक उपचार गरेका थिए । प्रहरी प्रवक्ता हुबर्ट रेयिसले दोश्रो भर्याङ्गबाट खसेकोले प्रारम्भिक अनुसन्धान भै रहेको उनले बताए । उनले उनको मृत्यु दुर्घटनाको कारण भएको हो भन्ने बारेमा स्पष्ट नभएको उनले जनाए ।

उनको अवस्था गम्भीर भएकोले क्विन्सको न्यू योर्क प्रेजबेटेरीयन अस्पतालमा भर्ना गरिएको थियो भने उनको त्यहाँ निधन भएको थियो । उनको पहिचान सार्वजनिक गरिएको छैन भने उनका परिवारका सदस्यहरुलाई सूचना दिने प्रयास गरि रहेको जनाईएको समाचार सिएनएनले लेखेको छ ।

 

प्रतिक्रिया