गुरुङ समाजमा जन्मिएका हुन गायक बिन्ती कुमार गुरुङ

इनेप्लिज २०७८ भदौ ५ गते २३:५१ मा प्रकाशित

रोदी घरमा नाच्दै गौँउदै हुर्किएका, गुरुङ समाजमा जन्मिएका गायक बिन्ती कुमार गुरुङ अहिले परदेशमा छन । परदेशमा रहेर पनि नेपाल र नेपाली गीत संगीत अझै भुलेका छैनन, गीत संगीतप्रतिको मोह घटेको छैन ।

“आज परदेशमा छु तर नेपाली गीत संगीतको माया र मोह भने अझै मेरो नसा नसामा कुदिरहेको छ । कति खेर समय मिल्ला र नयाँ नयाँ गीत संगीतहरु दर्शकश्रोता माझ पस्किउ भन्ने हतार भईरहन्छ”, गायक गुरुङले बताए ।

यही क्रममा आफ्नै स्वर, शब्द संगीतमा आफ्नै जन्मदिनको अवसर पारेर गायक गुरुङले ‘चोखो माया’ बोल रहेको गीत सार्वजनिक पनि गरिसकेका छन ।

हालै रिलिज गीतमा ‘चोखो माया’ कस्का लागि भन्ने प्रश्नमा देश विदेशमा छरिएर बसिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी र देश, परिवार तथा समाजका लागि हो भन्ने कुरा गायक गुरुङले बताए ।

गीतमा उनलाई सुमधुर स्वरकी धनी लोकप्रिय गायिका अञ्जु पन्तले साथ दिएकी छिन ।

पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त निर्देशक र्‍यान कार्कीको निर्देशन रहेको यस भिडियोमा धेरै युवाहरुको ढुकढुकी बन्न सफल चर्चित नायिका नम्रता सापकोटा र ह्यान्डसम मोडेल कमल सिंहको अभिनय रहेको छ ।

आफुलाई यस् गीत तथा भिडियोका लागि साथ दिनु हुने सम्पूर्ण कलाकार, पर्दा पछाडि रहेर काम गर्नुहुने टिम, सञ्चारकर्मी लगायतलाई हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छन गायक बिन्ती कुमार गुरुङ ।

गायक बिन्ती कुमार गुरुङले यस अघि पनि थुप्रै चर्चित गीतहरु मार्फत दर्शक श्रोताको मन जित्न सफल भई सकेका छन ।

देश विदेशमा छरिएर बसिरहनु भएका सम्पूर्ण दर्शक श्रोताले अझै माया गरेर गीतलाई एकचोटी हेरि दिन उनले अनुरोध पनि गरेका छन् भने अगामी दिनमा अझै दर्शक श्रोताको मनमा बस्ने गीत बजारमा ल्याउने कुरा उनले बताए ।

भिडियोलाई गायक गुरुङको आफ्नै होम प्रोडक्सन ज्यास्मिन कृयसनको अफिसियल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

प्रतिक्रिया