बिहीबार, भदौ २ २०७९
काठमाडौं १७:३१
वासिङटन डिसी 07:46

तालिबानले अफगानिस्तान नियन्त्रण लिए पछि उपराष्ट्रपति ह्यारिस भियतनाम र सिंगापुरको यात्रामा

इनेप्लिज २०७८ भदौ ५ गते ११:०७ मा प्रकाशित

 

तालिबानले अफगानिस्तान नियन्त्रण लिए पछि उपराष्ट्रपति कमला ह्यारिस भियतनाम र सिंगापुरको यात्रामा उडेकी छिन । अफगानिस्तान तालिबानको नियन्त्रणमा रहेकाले अफगानिस्तानमा महिला र बालबालिकालाई सहयोग गर्न कदम नचालेको भन्दै उपराष्ट्रपति ह्यारिसको बिभिन्न समूहले आलोचना गरेको छ।

उनले मेक्सिको र ग्वाटेमालाको गत जुनमा यात्रा गरे पछि एसियाली राष्ट्रहरुको यात्रामा लागेकी हुन् । वरिष्ठ प्रशासन अधिकारीहरूले यो यात्रा तीन मुद्दाहरुमा विश्व स्वास्थ्य, आर्थिक साझेदारी र सुरक्षा केन्द्रित रहने बताएका छन् ।

सिंगापुरको यात्रामा सिंगापुरका राष्ट्रपति हलीमाह याकोब र प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता हुनेछ। उपराष्ट्रपतिले एक अमेरिकी लडाकू जहाजमा यस क्षेत्रमा अमेरिकी संलग्नताको लागी योजनाहरुलाई रेखांकित गर्ने बिषयमा सम्बोधन गर्नेछिन भनि फक्सन्यूजले समाचार लेखेको छ ।

भियतनाममा उनी दक्षिण पूर्व एशियाली राष्ट्रहरुका स्वास्थ्य मन्त्रीहरुको संघ संग एक परोक्ष रुपमा (भर्चुअल) बैठकमा बस्ने छिन । रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) को एक नयाँ क्षेत्रीय कार्यालयमा उनको भ्रमण हुनेछ । अमेरिका फर्कने क्रममा उनी हवाईमा तैनाथ सैनिकहरुको भ्रमण गर्ने छिन्।

ह्यारिसले सम्भवतः यो यात्राको उपयोग बढ्दो चिनियाँ शक्ति र प्रभावको मुद्दालाई सम्बोधन गर्ने छिन ।

प्रशासन एक स्वतन्त्र र खुल्ला हिन्द-प्रशान्त क्षेत्र बनाई राख्नमा केन्द्रित छ। यो यात्राले त्यो लक्ष्यलाई अगाडी बढाउनेछ, र उपराष्ट्रपतिको उक्त बैठकमा उनले सबै दृष्टि अगाडि बढाउने छिन ” एक वरिष्ठ प्रशासन अधिकारी गत हप्ता पत्रकारहरुलाई बताएका थिए ।

“प्रशासनले यो पनि स्पष्ट पारेको छ कि हामी यस क्षेत्रको लागी एक स्थायी प्रतिबद्धता छ, कि हामी हिन्द प्रशान्तको हिस्सा हौं र यस क्षेत्रमा रहनको लागी,” उनीहरुले पत्रकारहरुलाई बताएका थिए ।

प्रतिक्रिया