बिहीबार, भदौ २ २०७९
काठमाडौं १५:५६
वासिङटन डिसी 06:11

भर्जिनियाको बर्क शहरको एक घर भित्र २ जनाको शव फेला

इनेप्लिज २०७८ भदौ ५ गते १०:२९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको बर्क शहरको एक घर भित्र २ जनाको शव फेला परेको प्रहरीले जनाएका छन् । प्रहरीले उनीहरुको हत्या भएको हुन् सक्ने बताएको छ ।

गत शुक्रबार फेयरफ्याक्स काउन्टी प्रहरीले उक्त घरबाट दुई जनाको लाश फेला पारेका थिए । फेयरफ्याक्स काउन्टीको ६१०० सय भवन समुहको इगल ल्याण्डइङ्ग सडकमा उक्त घटना भएको डब्लुटिओपिले समाचार लेखेको छ ।

गत शुक्रबार कसैले कसैले प्रहरीलाई खबर गर्दै आमाले कुनै खबर नगरेकोले बताएका थिए ।

जव प्रहरीहरू उक्त घरमा पसे पछि दुई वयस्कहरू मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीहरूले मृत्यु हुनको कारण सम्बन्धी अनुसन्धान गरि रहेका छन । प्रहरीका प्रवक्ताका अनुसार शव हेर्दा केही दिन देखि मृत्यु भएको हुन् सक्ने जनाएका छन् ।

प्रतिक्रिया