बुधबार, माघ १२ २०७८
काठमाडौं २३:०८
वासिङटन डिसी 12:23

अमेरिकामा पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट १ लाख ४५ हजार ९ सय संक्रमित, ९७५ जनाको मृत्यु

कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५१.२ प्रतिशत

इनेप्लिज २०७८ भदौ ५ गते १०:०२ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ४५ हजार ९ सय १३ जना संक्रमित भएका छन् । त्यस्तै कोरोनाबाट ९ सय ७५ जनाको मृत्यु भएको छ ।

गत शुक्रबार अगस्त २० का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा औसतमा कोरोना भाइरसबाट दैनिक ३७ प्रतिशत संक्रमित वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख २७ हजार ६ सय ३१ जनाको निधन भएको छ भने दुई हप्तामा ९६ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिका ८७ हजार ५ सय ५३ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ४७ प्रतिशतले वृद्धि भएको छ । शनिबार अगस्त २१ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ७६ लाख ५७ हजार ६ सय ४३ पुगेको छ ।

अमेरिकामा गत शुक्रबार अगस्त २० का दिन ११ लाख ९३ हजार ३ सय ७६ जनाले कोरोना जाँच गराएका थिए । अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५१.२ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६०.४ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७२.७ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६२.२ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म ३ करोड ४ लाख ३९ हजार २ सय ३९ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ९१.२ प्रतिशत र पूर्ण खोप ८१ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ४२ करोड ६१ लाख ६ हजार १ सय १५ खुराक खोप आपूर्ति गरि सकिएको छ । अमेरिकाको लुजियाना ,फ्लोरिडामा र मिसीसिपिमा संक्रमित संख्या तथा अस्पताल भर्ना हुनेको संख्या पनि अत्यधिक वृद्धि भएको छ ।

प्रतिक्रिया