अस्पतालमा विचौलीया कार्य गर्ने दुई जना पक्राउ

इनेप्लिज २०७८ भदौ ४ गते २१:१७ मा प्रकाशित

विराटनगर,४ भदौ।विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालमा उपचारका लागि आएका विरामी तथा आफन्तहरुलाई ठगी गरी विचौलियाको कार्य गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार नगरमा विरामी तथा विरामीका आफन्तहरूलाई भेटी विभिन्न भ्रम फैलाई आफ्नो सम्पर्कको फार्मेशीमा लग्ने कार्य गर्ने विराटनगर–८ अमरटोल बस्ने १८ बर्षिय प्रधुम्न राय र सोही स्थानका २३ बर्षिय आनन्द कुमार साहलाई पक्राउ गरिएको छ।

निजहरुले “यहाँ चिकित्सक राम्रो छैन,यो अस्पतालमा कोरोनाको विरामी धेरै छ,उपचार राम्रो छैन“ भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेशीमा औषधी किन्न वाध्य गराउने गरेका थिए।यस सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

कार्यालय यस किसिमको ब्यवहारबाट अन्य कोहीबाट पीडित हुनु भएको छ वा हुनगई रहेको थाहा भएमा नजिकको प्रहरीलाई जानकारी गराउन सर्वसाधारण नागरिकहरुलाई अनुरोध गरिएको छ।

 

प्रतिक्रिया