प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण

इनेप्लिज २०७८ भदौ ४ गते २१:०९ मा प्रकाशित


विराटनगर,४ भदौ।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ।सो अवधिमा एक हजार ४१३ जनाको पिसिआर परीक्षण गर्दा ४२९ र एक हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा १४९,मोरङमा १४५ मध्ये विराटनगरमा ४५,सुनसरीमा ८६,इलाममा १६,पाँचथरमा १२,धनकुटामा आठ,उदयपुरमा तीन,भोजपुरमा दुई, संखुवासभा र तेह्रथुममा एक एक र प्रदेश बाहिरका ६ जनामा सङ्क्रमण देखिएको हो।

सोही अवधिमा प्रदेशमा आजै ४८५ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन्। सङ्क्रमणमुक्त्त हुनेमा २५२ महिला र २३३ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा तीन जना महिला सहित आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया