एसडि र मेलिनाको ‘सम्झेर एक्लै’ मा बर्षा र सलोन

इनेप्लिज २०७८ भदौ ४ गते १७:३७ मा प्रकाशित

गज्जब टिभीको निर्माणमा तयार भएको नयाँ ‘सम्झेर एक्लै’ सार्वजनिक भएको छ।एसडी योगी र मेलिना मैनालीको आवाजमा रहेको गीतमा एसडि योगीको संगीत र राम अविरल बिष्टको शब्द रहेको छ।गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन्।

निकै सुमधुर गीतको भिडियोमा बर्षा राउत र सलोन बस्नेत फिचर रहेका छन्।दुवैले पहिलोपटक सहकार्य गरेको गीतको भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका छन्।नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

प्रतिक्रिया