अमेरिकामा ६५ बर्ष भन्दा माथिका बृद्धहरुलाई ८१ प्रतिशत पूर्ण खोप ,अमेरिकामा ३ करोड ३९ लाख कोरोनामुक्त

इनेप्लिज २०७८ भदौ ४ गते ११:१६ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ४३ हजार ८ सय २७ जना संक्रमित भएका छन् । यसै गरि कोरोनाबाट ९ सय ११ जनाको मृत्यु भएको छ ।

गत बिहिबार अगस्त १९ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा कोरोनाबाट संक्रमित हुने दैनिक औसत दरमा ४४ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख २६ हजार ९९ जनाको निधन भएको छ भने दुई हप्तामा १०८ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिका ८६ हजार ८ सय ७७ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ५३ प्रतिशतले वृद्धि भएको छ । शुक्रबार अगस्त २० का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ७४ लाख ५५ हजार ४ सय पुगेको छ ।

अमेरिकामा गत बिहिबार अगस्त १९ का दिन ११ लाख ९३ हजार ३ सय ७६ जनाले कोरोना जाँच गराएका थिए । अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५१.१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६०.२ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७२.५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६२ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म ३ करोड ३ लाख ९० हजार ६ सय ६९ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ९१.१ प्रतिशत र पूर्ण खोप ८१ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ४२ करोड २१ लाख ७५ हजार ७ सय ३५ खुराक खोप आपूर्ति गरि सकिएको छ । अमेरिकाको लुजियाना ,फ्लोरिडामा र मिसीसिपिमा संक्रमित संख्या तथा अस्पताल भर्ना हुनेको संख्या पनि अत्यधिक वृद्धि भएको छ ।

प्रतिक्रिया