बुधबार, माघ १२ २०७८
काठमाडौं २३:२२
वासिङटन डिसी 12:37

अमेरिकाको नर्थ क्यारोलाइनामा आएको बाढीको कारण २ जनाको मृत्यु २० जना बेपत्ता

इनेप्लिज २०७८ भदौ ४ गते १०:५३ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा आएको भिषण बर्ष र बाढीको कारण २ जनाको मृत्यु भएको छ भने अझै २० जना बेपत्ता भएका छन् ।

नर्थ क्यारोलाइना अधिकारीका अनुसार उक्त उष्णकटिबंधीय चक्रवात अन्यत्र सरेको जनाएका छन् । हेनरी नामक उष्णकटिबंधीय आँधी पूर्व तर्फका समुद्री तटहरुमा खतरनाक छालहरु आई जानकारी दिएका छन् ।

पूर्वानुमानकर्ताहरुले हेनरी समुन्द्री आंधी बलियो र यो उत्तरपूर्वी अमेरिकामा अर्को हप्ता शुरुमा आउने जनाएका छन् ।

पश्चिमी उत्तरी क्यारोलिनाको हेवुड काउन्टीले आपतकालीन सेवाको गत बिहीबार घोषणा गरेको छ । बाढी आएको आएको दर्जनौं हराई रहेका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

तर उनीहरुको परिचय तुरुन्त खुलाइएको छैन। झण्डै २० जना बेपत्ता भएका छन्। यस क्षेत्रमा गत मंगलबार आएको आँधीले सडक र पुलहरु भत्काएको छ भने घरहरु र व्यवसायहरु डुबाउमा परेका छन् ।

२०० भन्दा बढी मानिसहरु पिजन नदि क्षेत्रमा मानिसहरुको खोजी गरि रहेका छन् । क्रुसो समुदायका कम्तीमा १० वटा पुलहरु क्षतिग्रस्त भएका छन् । अभियन्ताहरुलाई अस्थायी पुलहरुको निर्माण गर्नको लागी मानिसहरुलाई आवत जावत गर्न अनुमति दिईएको समाचार एनबिसीन्युज डटकमले लेखेको छ ।

प्रतिक्रिया