बिहीबार, साउन २६ २०७९
काठमाडौं २१:२८
वासिङटन डिसी 11:43

नेपालका लागि अमेरिकी पूर्व राजदूत डेलेसी सम्मानित

इनेप्लिज २०७८ भदौ ४ गते २:०४ मा प्रकाशित

नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट डेलेसीलाई महामारीमा नेपाललाई सहयोग गरे वापत डेलेसीलाई सम्मान गरियो । गत अगस्त १७ मंगलबारका दिन उनलाई भर्जिनिया राज्यको गेन्सभिल शहरमा ताम्रपत्र (प्रशंसा पत्र )प्रदान गरियो ।

अमेरिकामा डेल्टा प्रजातिको कोरोना भाइरसको वृद्धिसंगै कार्यक्रममा सतर्कता तथा सावधानी अपनाउदै न्यून सहभागिता गराई गेन्सभिलको आयुस्मा तथा बिभुध्वज कार्कीको निवासमा संक्षिप्त कार्यक्रम बीच राजदुत डेलेसीलाई उनले गरेको निस्वार्थ सहयोगको उच्च मुल्यांकन गर्दै ताम्रपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा डिसी महानगर क्षेत्र वरपरका संघ/संस्थाका प्रतिनिधित्व रहेको थियो । आयोजकका अनुसार राजदुतडेलेसीद्वारा स्थापित ईंगेजनेपाल नामक गैर मुनाफा सॅस्थाले कोभिड-१९ को उपचारको लागि चाहिने अति आवश्यक उपकरण मध्यपुर ठिमी अवस्थित नेपाल कोरिया मैत्री अस्पताललाई सहयोग गरे वापत राजदुत डेलेसीलाई अमेरिकामा सम्मान गरेको हो ।

कार्यकम संचालन गेन्स भिलका बिभुध्वज कार्कीले गरेका थिए । कार्कीले मुभी र्याक तथा फ्युनोलोजिक सोलुसनको तर्फबाट नेपालमा कोरोना भाइरस सम्बन्धि विभिन्न चेतना जगाउने भिडियो(श्रब्य दृश्य)बनाई सहयोग गरेका थिए । मुभी र्याकको संचालन मनोज राज भण्डारी र फ्युनोलोजिक सोलुसनको संचालन दिपेन्द्र श्रेष्ठले गर्दै आएका छन ।

साथै अमेरिकामा रहेका डा दिपेन कडरिया(चिकित्सक )को संस्था डाफे फाउन्डेसनले उनको संयोजकतत्वमा कोरोना भाइरसको लागि ८५ वटा कनसन्ट्रेटर(सान्द्रक) पठाएको कार्कीले बताए ।

कार्यक्रममा सेन्टर फर मोलक्युलर डाईनामिक्सका कार्यकारी निर्देशक/सभापति दिवेश कर्माचार्य ,अमेरिका नेपाल सोसाइटी(एएनएस)का अध्यक्ष प्रभा भट्टराई देउजा ,ठेगाना डटकम तथा डेटा नेपालका बिशाल केशी,भर्जिनिया गभर्नरका सल्लाहकार समिति सदस्य तथा नेपाली अमेरिकन फोरम पोलिटिकल ईमपावरमेन्ट (एनएएफपिई)का अध्यक्ष तथा अमेरिका नेपाल सोसाइटी(एएनएस)का पूर्व अध्यक्ष जीवन तिवारी ,बिश्व बैंकका जनक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिभुध्वज कार्कीले सबैलाई स्वागत गरेका थिए कार्यक्रमको उद्धेश्य बारेमा प्रकाश परेका थिए । कार्यक्रमको सुरुमा अमेरिकामा जन्मिएका साना बालक देव्यान कार्कीले नेपाली राष्ट्रिय गान सयौ थुंगा फूलका हामी गएका थिए ।

कार्यकममै जनक श्रेष्ठ तथा उनकी छोरी एञ्जु श्रेष्ठले मुरलीको धुन र सारंगी धुनमा रेशम फिरिरी रेशम फिरीरी बोलको धुन प्रस्तुत गरेका थिए । सेन्टर फर मोलक्युलर डाईनामिक्सका कार्यकारी निर्देशक/सभापति दिवेश कर्माचार्यले पूर्व राजदुतलाई संस्थाको तर्फबाट राजदुतले गरेको सहयोग र केही जानकारी दिदै राजदुतलाई कृतज्ञता व्यक्त गर्दै नेपालबाट ल्याएको ताम्रपत्र हस्तान्तरण गरेका थिए । कर्मचार्यको बायोभ्याकले नेपालमा सबैभन्दा पहिला कोरोना भाइरसको अनुसन्धान उनकै प्रयोगशालाले गरेको थियो ।

नेपाल कोरिया मैत्री अस्पतालका सभापति तथा मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ उक्त ताम्रपत्र कर्माचार्य मार्फत पठाएका थिए । उक्त कार्यक्रममा पूर्व राजदुतले धन्यवाद दिनुको साथै आफ्नो संस्था इन्गेज नेपाललाई जे जति हुन्छ सहयोग गर्न सबैलाई आग्रह समेत गरेका थिए ।

उनले नेपालसंग नजिक छु र म जोडिएको छु भने । उनले मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको पनि प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाल कोरिया मैत्री अस्पतालका केही व्यक्तित्वहरु समेत प्रत्यक्ष रुपमा जोडिएका थिए । प्रा डा ज्ञान कायस्थले बोल्नु भएको थियो ।

कार्यक्रम पश्च्यात राजदुत डेलेसीको सम्मानमा रात्री भोजको समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया