बुधबार, भदौ १ २०७९
काठमाडौं ०४:११
वासिङटन डिसी 18:26

खोप लगाएका तीन जना सिनेटर कोरोना संक्रमित

इनेप्लिज २०७८ भदौ ३ गते २२:१७ मा प्रकाशित

खोप लगाएका तीन जना अमेरिकी सिनेटरहरु कोरोनाबाट संक्रमित भएका छन् । कोभिड-१९ को जाँच गरे पछि अगस्त १९ बिहिबारका दिन तीनै जनाले कोरोनाबाट संक्रमित भएको घोषणा गरेका छन् ।

सिनेटर जोन हिकेनलुपर ,एङ्गस किङ्ग तथा रोजर विकर कोभिड-१९ बाट संक्रमित भएका छन् । तीनै जनाले पृथक रुपमा आफू कोरोनाबाट संक्रमण भएको जनाएका हुन् ।

तीन जना संक्रमित हुनेहरुमा एङ्गस किङ्ग मेनका हुन् भने रोजर विकार मिसीसिपि तथा जोन हिकेनलुपर कोलोराडोका हुन् ।किङ्गले गत बुधबार हल्का ज्वरो जस्तो अनुभूति भएको बताएका छन् । उनले आफू अत्यन्तै राम्रो भएको महसुस गरेको छैन तर मैलै खोप लगाएको हुनाले राम्रो हुने बताए । उनले आफू एकान्तवासमा बस्ने र म संग सम्पर्कमा आउनेलाई पनि जाँच गराउन लगाउने बताए । उनि डेमोक्र्याटका हुन् ।

यसै गरि रिपब्लिकनका सिनेटर विकरले पनि बिहिबार बिहान कोरोना लागेको वक्तब्य मार्फत जनाएका थिए । त्यसै गरि डेमोक्र्याटका हिकेनलुपरले पनि बिहिबार दिउसो कोरोना भएको घोषणा गरेका थिए । उनले पनि हल्का लक्षणहरु भएको अनुभूति गरि रहेको बताएका छन् ।

आफूले राम्रो महसुस गरेको र म पनि एकान्तवासमा बस्ने जनाएका छन् । उनले बैज्ञानिकहरुले अनुसन्धान गरेको खोप र खोप लगाएका लाई ज्यादा असर नपार्ने भएकोले आभार व्यक्त गरेका छन् भनि सिएनएनले समाचार लेखेको छ

 

प्रतिक्रिया