आइतबार, माघ ९ २०७८
काठमाडौं ०८:१७
वासिङटन डिसी 21:32

अमेरिकाको इन्डियाना राज्यको एक कारखानामा २ जना महिलाको गोली हानी हत्या

हजुरआमा र नातिनीको गोली हानी हत्या

इनेप्लिज २०७८ भदौ ३ गते ११:२७ मा प्रकाशित

अमेरिकाको इन्डियाना राज्यको एक कारखानामा काम गर्ने २ जना महिलाको गोली हानी हत्या भएको प्रहरीले जनाएका छन ।

गत बुधबार अगस्त १८ का दिनमा एनएचके नामक कारखानामा उक्त घटना भएको हो । क्लिन्टन काउन्टी प्रहरी कार्यलयका अनुसार फ्रान्कफर्ट नामक शहरको एक कारखानामा काम गर्ने हजुरआमा र नातिनी काम गर्न आएका थिए

प्रहरीले गाली हान्ने २६ वर्षीय ग्यारी सी फेरल जो उक्त कारखानाका कर्मचारी थिए उनलाई हिरासतमा लिइएको जनाएका छन् । प्रहरीका अनुसार फेरेलले आफ्नो कार्य अवधि (सिफ्ट)सकेर जानु भन्दा अगाडी २१  बर्षिय प्रोमिस मेज तथा ६२ बर्षिय पामेला सलेदलाई गोली हानेको पत्रकार सम्मेलनमा बताए ।

घटना दिउसो ४:१५ मिनेटमा भएको थियो भनि एबिसीन्युजले समाचार लेखेको छ ।

प्रतिक्रिया