बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:०९
वासिङटन डिसी 06:24

अमेरिकामा एकैदिनमा १ लाख ४० हजार कोरोनाबाट संक्रमित, ८०९ जनाको मृत्यु

इनेप्लिज २०७८ भदौ ३ गते ११:०९ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ४० हजार ८ सय ९३ जना संक्रमित भएका छन् । यसै गरि कोरोनाबाट ८ सय ९ जनाको मृत्यु भएको छ ।

गत बुधबार अगस्त १८ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा कोरोनाबाट संक्रमित हुने दैनिक औसत दरमा४७ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख २४ हजार ३ सय ६५ जनाको निधन भएको छ भने दुई हप्तामा ९७ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिका ८५ हजार १ सय १८ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ५६ प्रतिशतले वृद्धि भएको छ । बिहिबार अगस्त १९ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ७२ लाख ९६ हजार ३ सय ९८ जना रहेका छन ।

अमेरिकामा गत बुधबार अगस्त १८ का दिन १० लाख ४६ हजार ९ सय १५ जनाले कोरोना जाँच गराएका थिए । अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६० प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७२.३ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६१.९ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म ३ करोड ३ लाख ४१ हजार ८ सय ८६ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ९१ प्रतिशत र पूर्ण खोप ८०.९ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ४१ करोड ९६ लाख १२ हजार ९ सय २५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

अमेरिकाको लुजियाना ,फ्लोरिडामा र मिसीसिपिमा संक्रमित संख्या तथा अस्पताल भर्ना हुनेको संख्या पनि अत्यधिक वृद्धि भएको छ ।

प्रतिक्रिया