शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:४०
वासिङटन डिसी 01:55

तालिबानले काबुल कब्जा गरे पछि विमानस्थल क्षेत्र वरपर १२ जना मारिए : रोयटर्स

इनेप्लिज २०७८ भदौ ३ गते १०:४५ मा प्रकाशित

तालिबानले अफगानिस्तानको काबुल कब्जा गरे पछि विमानस्थल क्षेत्र वरपर १२ जना मारिएको समाचार छ । हमिद कारजाई अन्तरराष्ट्रिय विमानस्थलको क्षेत्र वरीपरी १२ जनाको ज्यान गएको नेटो तथा तालिबान अधिकारीहरुले बिहिबार अगस्त १९ का दिन जनाएको रोयटर्सले समाचार लेखेको छ ।

रोयटर्सले तालिबानका आधिकारिक व्यक्तिको नाम नलिई विमानस्थलमा भागदौड हुँदा या विमानस्थलमा प्रवेश गर्ने क्रममा खालि गर्ने हुँदा उक्त स्थानमा गोली चलेको समेत कारण मारिएको उल्लेख गरेको छ ।

तर सिएनएनले उक्त समाचारको स्वतन्त्र रुपमा प्रमाणित गर्न असमर्थ भएको जनाएको छ ।

गत आइतबार देखि तालिबानले काबुल कब्जा गरे पछि काबुल विमानस्थलमा अत्यन्तै भयावह ,कोलाहाल स्थिति रहेको छ । गत सोमबार धावनमार्गमा सयौ मानिसहरु अमेरिकी सेनाको हवाई उड्ने समयमा दौडिएको दृश्य संचार माध्यममा व्यापक भएको थियो ।

प्रतिक्रिया