डिसीको एक विद्यालय बाहिर बिद्यार्थी बीच वादविवाद हुँदा छुरा प्रहारबाट एक बिद्यार्थीको मृत्यु
राजधानी वाशिंगटन डिसीको एक विद्यालय बाहिर विद्यार्थी बीच वाद-विवाद हुँदा छुरा प्रहारबाट एक विद्यार्थीको मृत्यु भएको छ । दुई किशोर बीच वाद-विवाद हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
डिसी स्थित केआईपीपी डिसी कलेज प्रिपेरेटोरी बिद्यालय बाहिर छुरा काण्ड भएको हो । उक्त बिद्यालय डिसीको उत्तरपूर्वमा रहेको छ । डिसी प्रहरीका अनुसार उक्त स्थानमा धेरै युवा किशोरहरूको उपस्थिति भएको अवस्थामा दुई किशोरहरु बीच झगडा हुँदा एक जनाको ज्यान गएको छ ।
उक्त छुरा प्रहारबाट १५ बर्षिय युवाको निधन भएको छ भने १६ बर्षिय किशोरले छुरा प्रहार गरेका हुन् । प्रहरी प्रमुखले झगडा के कारणले भयो त्यस बारेमा थाहा नभएको उनले बताए । उक्त समयमा काममा नभएको अवस्थामा झगडा भए पछि भित्र रहेका प्रहरीले डिसी महानगरका प्रहरीलाई बोलाएका थिए ।
उक्त घटना पछि विद्यालयले बिहीवार कक्षा रद्ध गरेका छन् भने आगामी दिनमा थप प्रहरीहरूको उपस्थिति हुने र निजी सुरक्षाको व्यवस्था गरिने जनाएका छन् ।
तस्बिर :लोरेंजो हल
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
प्रतिक्रिया