अमेरिकाले अफगानिस्तानमा प्रवेश आज्ञा प्रक्रिया सहज बनाउन सानो सैनिक टोली काबुल पठायो
इनेप्लिज
२०७८ भदौ २ गते २२:३४ मा प्रकाशित
अमेरिकाले अफगानिस्तानमा तालीबानले सत्ता लिए पछि प्रवेश आज्ञा (भिसा )प्रक्रियालाई सहज बनाउन सानो सैनिक टोली काबुल पठाएको छ । प्रवेश आज्ञा(भिसा )निवेदन दिनेहरुलाई सहज होस् भनि त्यस तर्फ पठाएको हो ।
अमेरिकी रक्षा मन्त्रालयले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा द्वारमा प्रवेश आज्ञाका लागि इच्छुक तथा निवेदकहरूलाई सरल होस् भनि त्यहाँ पठाएको जनाएको छ ।
अगस्त १८ बुधवारका दिन रक्षा सचिव लोयड अस्टिनले पत्रकारहरुलाई उक्त जानकारी गराएका हुन् । अस्टिनले भने कि रक्षा विभाग हामिद करज़ई अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने मानिस र विमानहरूको क्षमता बढाउनमा केन्द्रित छ।
हामी अगस्त १५ तारिख देखि धेरै हजार उडान गरि सकेका छौं र हाम्रो लक्ष्य क्षमतालाई अगाडी बढाउन र सक्षम हुनको लागी त्यसो गरिएको अस्टिनले भने ।
प्रतिक्रिया