बज्जिका भाषामा पहिलो दैनिक प्रकाशित

इनेप्लिज २०७८ भदौ २ गते २१:३३ मा प्रकाशित

रौतहट,रौतहटको कटहरियाबाट बज्जिका भाषाको पहिलो दैनिक पत्रिका प्रकाशन भएको छ।नेपाल र भारतमा दुई करोडभन्दा बढी बज्जिका मातृभाषी रहेको दाबी गरिएको बज्जिका भाषामा बज्जिकाञ्चल दैनिक प्रकाशन हुन थालेको हो।

बज्जिकाञ्चल मिडिया प्रा.लि.द्वारा प्रकाशित बज्जिकाञ्चल दैनिकको सञ्चालकमा राजुकुमार श्रीवास्तव रहेका छन्।अनेक समस्या र चुनौती हुन्छन् भन्ने जान्दा जान्दै पत्रकारिता मार्फत मातृ भाषाको सेवा गर्ने उद्देश्यले बज्जिकाञ्चल दैनिकको प्रकाशन आरम्भ गरिएको श्रीवास्तवले बताएका छन्।

प्रतिक्रिया