बज्जिका साहित्यकार मित्र सम्मानित
रौतहट,बज्जिका भाषाको सेवा गरेर जिल्लाको नाम उँचो पारेको भन्दै साहित्यकार तथा बज्जिकासेवी सञ्जय साह मित्रलाई रौतहटमा सम्मानित गरिएको छ।रौतहटको चन्द्रपुरबाट प्रकाशित हुँदै आएको तराई एक्सप्रेस दैनिकको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमा बज्जिकासेवी मित्रलाई सम्मानित गरिएको हो।
बज्जिका शिरोमणि तथा मधेस रत्न सम्मान र विभूषण सहित दर्जनौँ सम्मान तथा पुरस्कारबाट विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका साहित्यकार मित्रलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी र चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले सम्मानित गरेका हुन्।
सम्मानित प्रतिभा मित्र लामो समयदेखि इनेप्लीज डट कममा लेख रचना तथा समाचार लेख्दै आएका छन्।
पत्रिकाको वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा,तराई एक्सप्रेस दैनिकका सहसम्पादक रुपेन्द्र पटेल तथा बजार व्यवस्थापक गोपाल तिमल्सिनालाई पनि सम्मानित गरिएको छ।
पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक अशोक पहाडीको सभापतित्वमा भएको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विभिन्न क्षेत्रका महानुभावहरूले प्रिन्ट मिडियाका समस्या तथा फेसबुके पत्रकारिताबारे चर्चा गरेका छन्।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया