अन्तत नेकपा एमाले बिभाजित,एमाले समाजबादी पाटीको नाम

टंक पन्त २०७८ भदौ २ गते ११:४० मा प्रकाशित

अन्तत: विभाजन भयो एमाले, एमाले (समाजवादी) दर्ताका लागि माधव नेपालको निवेदन

काठमाडौ । अन्तत नेकपा एमाले बिभाजित भएको छ । नयां दलको नाम नेकपा एमाले समाजबादी रहेको छ । लामो समय देखि पार्टीका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधबकुमार नेपालबीच बिबाद हुदै आएको थियो ।
पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला गत पुष ५ गते संसद बिघटन गरेपछि नेकपामा बिबाद चर्किएको थियो । संसद बिघटन असंबैधानिक ठहर भएको केही दिनमै अदालतले नै नेकपालाई अमान्य घोषणा गरी एमाले र माओबादीलाई पुर्बवत अबस्थामा पु¥याएको थियो ।
पार्टी एकताका लागि अनेक प्रयत्न गरिएपनि अध्यक्ष केपी शर्मा ओलीले निरन्तर एकपक्षीय बैठक , नियुक्ति र निर्णयहरु गर्देै गएपछि बरिष्ठ नेता नेपाल पक्ष नयां पार्टी गठन गर्न बाध्य भएको बताइएको छ ।
पार्टीमा बस्नै नदिने गरी अध्यक्ष ओलीले गतिबिधि गरेकै कारण नयां पार्टी गठन र बिद्रोह गर्नुपरेको नेपालले जानकारी गराउनुभएको छ ।
तर नयां पार्टीमा लामो समय देखि बरिष्ठ नेता नेपालको साथमा रहेका भीम रावल , अष्टलक्ष्मी शाक्य , गोकर्ण बिष्ट , घनश्याम भुसाल , भीम आचार्य , सुरेन्द्र पाण्डे लगायतका स्थायी कमिटीका सदस्यहरु नयां पार्टीमा सामेल भएका छैनन । यधपि उनीहरु केपी ओली पक्षमा पनि लागिसकेका छैनन ।
दल दर्ता ऐन सबन्धी अध्यादेश आएकै दिन दल दर्ता भएको हो । यता जनता समाजबादीबादीबाट निकालिएका महन्त ठाकुर , राजेन्द्र महतो पक्षले जनता समाजबादी लोकतान्त्रिक दल दर्ता गराएको छ ।

यी हुन् केन्द्रीय सदस्यहरुको नामावली :  

१.    माधवकुमार नेपाल    अध्यक्ष    रौतहट

२.    झलनाथखनाल    बरिष्ठ नेता    इलाम

३.    मुकुन्दन्यौपाने    सदस्य    भोजपुर

४.    प्रदीप नेपाल    सदस्य    भोजपुर

५.    डा.बेदुराम भुसाल    सदस्य    अर्घाखाँची

६.    प्रमेशकुमार हमाल    सदस्य    काठमाडौं

७.    राजेन्द्रप्रसाद पाण्डे    सदस्य    धादिङ

८.    डा.विजयकुमार पौडेल    सदस्य    कपिलबस्तु

९.    गंगालालतुलाधर    सदस्य    धादिङ

१०.    प्रकाशज्वाला    सदस्य    सल्यान

११.    नागेन्दप्रसाद्र चौधरी    सदस्य    पर्सा

१२.    जयन्तीदेवी राई    सदस्य    भोजपुर

१३.    तुलबहादुर गुरुङ    सदस्य    कास्की

१४.    जगन्नाथ खतिवडा    सदस्य    उदयपुर

१५.    प्रतापलालश्रेष्ठ    सदस्य    तनहूँ

१६.    जीवनरामश्रेष्ठ    सदस्य    काठमाडौं

१७.    धर्मनाथ प्रसाद साह    सदस्य    सिराहा

१८.    रामप्रितपासवान    सदस्य    सप्तरी

१९.    रामचन्द्र यादव    सदस्य    सिराहा

२०.    यदुवंशझा    सदस्य    धनुषा

२१.    रत्नेश्वर गोइतयादव    सदस्य    धनुषा

२२.    श्रीप्रसाद साह    सदस्य    धनुषा

२३.    रविन्द्र बैठा धोवी    सदस्य    सर्लाही

२४.    लक्ष्मण पौडेल    सदस्य    सर्लाही

२५.    मदनकुमारी शाह(गरिमा)    सदस्य    कैलाली

२६.    देवशंकर पौडेल    सदस्य    रामेछाप

२७.    विरोध खतिवडा    सदस्य    मकवनपुर

२८.    मेटमणी चौधरी    सदस्य    दाङ

२९.    विश्वनाथप्याकुरेल    सदस्य    काठमाडौं

३०.    प्रेमलकुमार खनाल    सदस्य    ईलाम

३१.    विजय गुरुङ    सदस्य    पर्वत

३२.    सावित्राकुमारी भुसाल    सदस्य    अर्घाखाची

३३.    रामकुमारी झाँक्री    सदस्य    गुल्मी

३४.    गौरा प्रसाईं कोइराला    सदस्य    कैलाली

३५.    रामकुमार ज्ञवाली    सदस्य    गुल्मी

३६.    खगेन्द्र चुडाल    सदस्य    झापा

३७.    सरलाकुमारी यादव    सदस्य    रौतहट

३८.    सुधिरप्रसाद साह    सदस्य    धनुषा

३९.    कल्याणीकुमारी खड्का    सदस्य    रौतहट

४०.    शत्रुधनमहतो    सदस्य    धनुषा

४१.    रामचन्द्र साह तेली    सदस्य    पर्सा

४२.    दिनेशकुमार राई    सदस्य    धनकुटा

४३.    हंशबहादुर शाही    सदस्य    डोल्पा

४४.    शेरबहादुर के.सी.    सदस्य    रुकुम

४५.    निरादेवी जैरु    सदस्य    डडेल्धुरा

४६.    प्रेमबहादुर आले    सदस्य

४७.    भागवत नेपाली    सदस्य    दाङ

४८.    चुडामणी वि.क. जंगली    सदस्य    स्याङजा

४९.    घनेन्द्र बस्नेत    सदस्य    भोजपुर

५०.    राजेन्द्र कुमार राई    सदस्य    भोजपुर

५१.    बलदेव चौधरी    सदस्य    उदयपुर

५२.    डा.देउमान सम्बाहाम्फे    सदस्य    पाचथर

५३.    भाष्कर काफ्ले    सदस्य    पाँचथर

५४.    कृष्णप्रसाद शर्मा खनाल    सदस्य    गोरखा

५५.    रविन कोइराला    सदस्य    पाचथर

५६.    केदारप्रसाद नेउपाने    सदस्य    झापा

५७.    महमदमहफुजअन्सारी    सदस्य    सुनसरी

नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी (समाजवादी) को घोषणा पत्र २०७८

१. नेपाल कम्युनिष्ट पार्टी नेपाली सर्वहरा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि सङ्गठन हो । यसको स्थापना २००६ साल वैशाख १० गते भएको थियो । यसको स्थापना नेपाली समाजबाट सामन्तवादी एवम् साम्राज्यवादी शोषण–दमनको अन्त्य गर्ने र स्वतन्त्र एवम् सार्वभौमसत्ता सम्पन्न जनगणतन्त्र नेपालको स्थापना गरी मुलुकलाई वैज्ञानिक समाजवाद हँुदै साम्यवादतर्पm अगाडि बढाउने उद्देश्यले गरिएको थियो । यस पार्टीले आफ्ना लक्ष्य उद्देश्यहरू प्राप्त गर्नका निम्ति अनेकौँ प्रकारका सङ्घर्ष सञ्चालन गरेको छ र त्यस क्रममा यसले अनेकौ आरोह–अवरोहहरू पार गरेको छ । यसको नेतृत्वमा सञ्चालित सङ्घर्षको परिणामस्वरूप मुलुकमा ठूलाठूला परिवर्तन भएका छन् र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । सङ्घर्षका दौरान नेपाल आमाका अनेकौं सुयोग्य सन्तानले आफ्नो जीवनको वलिदान गरेका छन् भने हजारौँ योद्धाहरूले कठोर यातना र कठिनाइको सामना गरेका छन् । ती महान सहिद र योद्धाहरूको सदैव स्मरण एवम् सम्मान गर्नु र श्रद्धासुमन अर्पण गर्नु हाम्रो परम कर्तव्य हो ।

२. नेपाल कम्युनिष्ट पार्टीको सात दशकभन्दा लामो इतिहासका दौरान यसमा अनेकन प्रकारका मतभेद एवम् विवाद उत्पन्न भएका छन् र विभाजनका दुःखद् घटना पनि घटेका छन् । तर यसको इतिहास केवल विभाजनको इतिहास मात्र होइन एकता र एकीकरणको गौरवपूर्ण इतिहास पनि छ । विभाजित अवस्थामा रहेको नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने क्रममा २०४७ मा नेकपा(एमाले) को गठन भएको थियो र त्यसमा पनि विभाजन र पुनः एकता भएको थियो । उता नेकपा (माओवादी) को रूपमा रहेको सङ्गठनमा पनि एकता र विभाजनको क्रम चलिरह्यो । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास एकता विभाजन र पुनः एकताको इतिहासका रूपमा रहेको छ । त्यही इतिहासकै क्रममा २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनलाई आधारभूत रूपमा एकीकृत गर्ने त्यो ऐतिहासिक एकता पनि टिक्न सकेन । २०७७ फागुन २३ मा अदालतको पैmसलाद्वारा त्यो एकतालाई भङ्ग गरिदिने काम भयो । त्यस घटनाले नेपाली कम्युनिष्ट आन्दोलनको एकतामा निकै ठूलो क्षति पु¥याएको छ ।

३. नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा दुईओटा महाधिवेशनबाट पार्टीको नीति अर्थात् कार्यदिशा एउटा पारित गर्ने तर नेतृत्वमा भने महाधिवेशनबाट पारित नीतिको पक्षमा नरहेको व्यक्तिलाई चयन गर्ने काम भयो । ती दुवै निर्णयले नेपाली कम्युनिष्ट आन्दोलनको एकतामा गम्भीर क्षति पु¥याएका छन् । पार्टीको दोस्रो महाधिवेशनले गणतन्त्रात्मक नीति पारित गरेको थियो भने नेतृत्वमा गणतन्त्रात्मक नीतिका विरोधीहरूको टिमलाई छानेको थियो, जसले महाधिवेशनबाट पारित नीति कार्यान्वयन नगरी पार्टीलाई दक्षिणपन्थी दिशामा लगेको थियो र अन्ततः पार्टी विभाजित भएको थियो । नवौ महाधिवेशनमा पनि त्यस्तै भयो । मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने पार्टी नीति पारित गरेको त्यस महाधिवेशनबाट पार्टीको प्रमुख नेतामा त्यस नीतिका विरोधी व्यक्तिलाई चयन ग¥यो, जसले महाधिवेशनका निर्णय बोक्दै बोकेनन् । अध्यक्षमा छानिएका केपी शर्मा ओली महाधिवेशनप्रति इमान्दार नै रहेनन् । उनले महासधिवेवशनका निर्णय पालना नगरी आफुखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न हुँदै गएका थिए । त्यसैबिच तत्कालीन नेकप (एमाले) र नेकपा (माओवादी केन्द्र) का बिच एकता गरी निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधि अनुसार कहिल्यै चलेनन् । मुलुकको प्रधानमन्त्री समेत रहेका उनले सरकार पनि पार्टी नीति अनुसार चलाएनन् । फलतः पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो । उनले २०७७ पुस ५ मा असंवैधानिक ढङ्गले प्रतिनिधि सभाको विघटन सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपले दुई भागमा विभाजित भयो ।

४. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम सम्बन्धी विवादमा परेको मुद्दामा माग नै नगरिएको क्षेत्रमा प्रवेश गरी सर्वोच्च अदालतले २०७७ फागुन २३ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिचको एकता भङ्ग गरी एकताबद्ध भएका दुवै पार्टी पूर्व अवस्थामा फर्कनु पर्ने फैसला गरेपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटित भयो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्वावस्थामै फर्कनुपर्ने भयो । त्यस अवस्थामा २०७५ जेठ २ सम्म कायम रहेको नेकपा (एमाले) को केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाएर अब कसरी अगाडि बढ्ने हो भन्ने निर्णय गर्नुपर्दथ्यो । पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका केपी ओलीले त्यसको पहल गर्नु पर्दथ्यो तर उनले त्यस्तो पहल नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो पक्षको मात्र बैठक बसी नेकपा (एमाले) को नवौ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पादाधिकारीहरूको पद खारेज गर्ने जस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनमा थकेलिदिए । त्यस प्रकारको विषम परिस्थितिमा हामीले २०७७ चैत ४–५ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर गम्भीर एवम् गहन रूपमा छलफल गरी “नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ” भन्ने आह्वान ग¥यौँ तर ओली पक्षले एकताका लागि पहल गर्ने होइन कि उल्टै निरन्तर रूपमा विभाजनकारी क्रियाकलाप अगाडि बढायो । उसले साङ्गठनिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र होइन पार्टीले अँगालेका सिद्धान्त एवम् विचार र नवौं महाधिवेशनले तय गरेको कार्यदिशालाई समेत लत्याउने तथा पार्टी विधानको पूरै उलङ्घन गर्ने जस्ता कार्य गरी पार्टीलाई विसर्जनको दिशामा धकेल्ने काम ग¥यो । हामीले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न ग¥यौँ तर केपी ओली पक्षले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि पार्टीलाई विसर्जन हुनबाट जोगाएर नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (समाजवादी) गठन गर्न अग्रसर भएका छौँ ।

५. नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (समाजवादी) नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्था हो । यो २२ अप्रिल १९४९ (१० वैशाख २००६) मा स्थापित नेपाल कम्युनिष्ट पार्टीको वर्तमान रूप हो । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापना कालदेखि जुन लक्ष्य उद्देश्य राखेको थियो ती लक्ष्य उद्देश्य नै यस पार्टीका लक्ष्य उद्देश्य हुन् । नेपाली समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने र समाजमा रहेका सवैखाले विभेदहरूको अन्त्य गरी न्याय र समानतासहितको स्वतन्त्रता भएको तथा जनताको सुख र समृद्धिको सुनिश्चितता भएको समाज अर्थात साम्यवादी समाजको स्थापना गर्ने ती लक्ष्य उद्देश्यहरूमध्ये केही मात्र प्राप्त भएका छन् र अभैm धेरै काम गर्न बाँकी छ । यो पार्टी ती सवै लक्ष्य प्राप्तिको सङ्घर्षमा डटिरहन प्रतिबद्ध छ ।

६. नेपाल कम्युनिष्ट पार्टीले आफ्ना लक्ष्य, उद्देश्य प्राप्त गर्ने ध्येयमा अगाडि बढ्ने क्रममा सङ्घर्षका शान्तिपूर्ण र सशस्त्र दुवै रूपहरू अवलम्वन गर्दै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको प्रत्याभूतिका लागि भएका विभिन्न प्रकारका जनआन्दोलन र जनक्रान्तिमा अगुवाइ गरेको छ । यस पार्र्टीले २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिद्वारा लामो समयदेखि नेपाली जनतामाथि शासन र शोषण गर्दै आएको सामन्ती राजतन्त्रलाई उखेली फ्याकेर संघीयता, धर्म निरपेक्षता, समावेशीता र समानुपातिकताजस्ता विशिष्ट विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा निर्णायक भूमिका पुरा गरेको छ । त्यही ऐतिहासिक भूमिका निर्वाह गर्ने नेपाल कम्युनिष्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी संस्था हो वर्तमान नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी  (समाजवादी) ।

७. २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिद्वारा सामन्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपाली क्रान्तिले एउटा चरण पार गरेर अर्को चरणमा प्रवेस गरेको छ । नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको बन्न पुगेको छ । यतिबेलाको नेपाली समाजमा विद्यमान शोषणको मूल रूप पुँजीवादी हो र त्यो दलाल नोकरशाही चरित्रको छ । त्यसैले क्रान्तिका उपलब्धीहरूको रक्षा गर्दै शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक– सांस्कृतिक रूपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्ने यस पार्टीको तात्कालिक लक्ष्य हो । दलाल नोकरशाही पूजीवादी शोषण दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संघर्ष गर्दै स्वाधिन राष्ट्रिय अर्थतन्त्रको जगमा अडिएको समृद्ध नेपाल निर्माणको अभियान सञ्चालन गर्नु र सामन्तवादको अवशेषका रूपमा रहेका विभेद, कुरीति, अन्धविश्वास र रुढीवादको समूल अन्त्यका निम्ति सामाजिक–साँस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नु यस पार्टीका तात्कालिक मुख्य कार्यभार हुन् । यो पार्टी आजसम्मका जनसङ्घर्ष, जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा एवम् विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक–सांस्कृतिक रूपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ र नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ ।

८. यस पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य–मान्यतासहितको वैज्ञानिक समाजवाद हो । यस पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने मान्यता राख्दछ । यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था र स्वतन्त्र न्यायपालिकाजस्ता आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छ र जनताको बहुदलीय जनवादका मूल्य मान्यताहरूको रक्षा र थप विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहन्छ । यस पार्टीले संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताको सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नेछ र राष्ट्रिय हितको संरक्षण एवम् संवद्र्धनमा दृढतापूर्वक क्रियाशील रहने छ । यो पार्टी पारस्परिक समानता, सम्मान र हितका आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकीलगायत विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्ने मान्यतामा दृढ छ । यस पार्टीको उद्देश्य राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर हँुदै राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्नु हो । यस पार्टीका सम्पूर्ण कृयाकलाप नेपाल र नेपाली जनताको सर्वाेपरि हितमा केन्द्रित हुनेछन् । समाजवादका आधार निर्माणको विस्तृत कार्यक्रम तयार गरी आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण अभियान सञ्चालन गरिने छ । मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय हित एवम् सार्वभौमिकताको रक्षा गर्दै राष्ट्रिय एकता तथा सद्भाव अभिवृद्धि गरिने छ ।

९. यस पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो । यसमा रहेका द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन–सार्वभौमसत्ताको दृष्टिकोण र सिद्धान्त र व्यवहारबिच एकरूपताको दृष्टिकोणजस्ता मूलभूत सैद्धान्तिक प्रस्थापनाहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । तर, माक्र्सवाद कुनै जडसूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त हो । त्यसैले यसको प्रयोग सिर्जनात्मक रूपले हुन्छ र हुनुपर्दछ । नेपालमा माक्र्सवाद प्रयोगको प्रयासका प्रारम्भकर्ता कमरेड पुष्पलालले नै माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचार प्रस्तुत गर्नुभएको थियो र जननेता कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादमा त्यसको सविस्तार व्याख्या गर्नुभएको थियो । यो पार्टी अग्रजहरूले प्रस्तुत गर्नुभएको माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचारमा दृढ छ । वर्तमान राष्ट्रिय तथा अन्तर्राट्रिय परिस्थितिले पनि त्यही निर्देश गरेको छ । आजको परिस्थितिमा माक्र्सवाद प्रयोगका पुराना मोडेलको अनुकरण गरेर होइन मुलुकको विशिष्ट परिस्थिति अनुरूपको विचार अँगालेर क्रान्तिकारी व्यवहार गरियो भने मात्र सफलताका साथ अगाडि बढ्न सकिन्छ ।

१०. यो पार्टी जनआधारित कार्यकर्ता पार्टी हो । यसको सङ्गठनात्मक सिद्धान्त अर्थात पार्टी निर्माण र सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्त हो । यस पार्टीमा जनवाद र केन्द्रीयताको सन्तुलन अर्थात आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन हुनेछ । यो पार्टी नेता प्रधान होइन नीति प्रधान हुनेछ । पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको कार्य पद्धति अवलम्बन गरिने छ । व्यक्ति कमिटीको मातहत रहने र अल्पमत बहुमतको मातहत रहने तथा तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहने पद्धति अवलम्बन गरिने छ । सबै पार्टी कमिटी र जनसङ्गठनहरू सोहीअनुरूप सङ्गठित र परिचालित हुनेछन् । पार्टीको सार्वभौम अधिकार पार्टीका सङ्गठित सदस्यहरूमा निहीत रहनेछ । यसको प्रयोग पार्टी विधान अनुसार हुनेछ । पार्टीको संगठनात्मक संरचना मुलुकको संघीय संरचना अनुरुपको हुने छ । सबै पार्टी कमिटीहरु समावेशी चरित्रका हुने छन् । हरेक पार्टीको एउटा महत्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवाहरुलाई राखिने  छ । यस पार्टीका सदस्यहरूले सामाजिक–आर्थिक तथा साँस्कृतिक रूपान्तरणका लागि उत्पादन संघर्ष र वर्गसंघर्षमा सामेल हँुदै विचार, सङ्गठन, संघर्ष र सृजनशीलताका क्षेत्रमा अग्रणी भूमिका खेल्नेछन् । उनीहरू जनसरोकारका र उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित रहने छन् । पार्टीका सम्पूर्ण सदस्यहरू मुलुकको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक र क्रान्तिकारी सारतत्वकासाथ अघि बढाउँदै नेपाली क्रान्तिका निर्दिष्ट लक्ष्य र उद्देश्यहरू प्राप्त गर्न जनआधारित, सुसङ्गठित, एकताबद्ध, अनुशासित, गतिशील र जुझारु हुनेछन् र अग्रगामी राजनीतिक भूमिका निर्वाह गर्दै अघिबढ्न दृढ संकल्पित रहने छन् । यो पार्टी सबै खाले प्रतिकृयावाद, अवसरवाद र संकीर्णतावादका बिरुद्ध तथा सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको पक्षमा रहेको छ । आम जनसमुदायसँग घनिष्ट सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, असमानता र विभेदको समाप्तिका लागि सङ्घर्ष गर्नु र निस्वार्थ रूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु यस पार्टीको कर्तब्य हुनेछ ।

पार्टी पङ्क्ति र आम जनसमुदायमा माधब नेपालको अपिल

यतिबेला हाम्रो पार्टी नेकपा (एमाले) गम्भीर संकटबाट गुज्रिरहेको छ । हाम्रोे पार्टी एकताबद्ध भएर अगाडि बढ्न नसक्ने अत्यन्त पीडादायी अबस्था सिर्जना भएको छ । यस्तो स्थिति सिर्जना हुनुको मुख्य कारण पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले अंगीकार गरेको गलत विचार र उहाँले गरिरहेको गलत व्यवहार हो । उहाँ पार्टीका सिद्धान्त, नीति, विचार र पार्टीको नवौ महाधिवेशनबाट पारित गरिएका निर्णय अनुसार नचल्नु हो । पार्टीको नवौ महाधिवेशनले मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने मूल नीति पारित गरेको थियो तर त्यही महाधिवेशनबाट पार्टी अध्यक्षमा चुनिएका केपी ओलीले महाधिवेशनका निर्णय बोक्दै बोक्नुभएन । उहाँ पार्टी महाधिवेशनप्रति इमान्दार रहनुभएन । उहाँले महाधिवेशनका निर्णय पालना नगरी आफुखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न भयो । त्यसैबीच तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकता गरेर निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधि अनुसार कहिल्यै चल्नुभएन । मुलुकको प्रधानमन्त्री समेत रहेका उहाँले सरकार पनि पार्टी नीति र जनअपेक्षा अनुसार चलाउनु भएन । उहाँ मुलुकको संविधान अनुसार पनि चल्नुभएन । फलतः पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो । उहाँले २०७७ पुस ५ मा असंवैधानिक ढङ्गले प्रतिनिधि सभाको विघटन गर्न सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपले दुई भागमा विभाजित भयो ।
वि.सं. २०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (मओवादी केन्द्र) बिच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण हुनु नेपाली कम्युष्टि आन्दोलनलाई आधारभूत रूपमा एकीकृत गर्ने एउटा ऐतिहासिक घटना थियो तर केपी ओलीकै गलत विचार र व्यवहारका कारण त्यो ऐतिहासिक एकता टिक्न सकेन । २०७७ फागुन २३ मा आदालतको पैmसलाद्वारा त्यो एकता भङ्ग भयो । अदालतको उक्त पैmसलाले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्वावस्थामै फर्कनुपर्ने स्थिति सिर्जना भएको थियो । त्यस अवस्थामा नेकपा (एमाले) को २०७५ जेठ २ सम्म कायम रहेको केन्द्रीय कमिटीको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने हो भन्ने सम्बन्धमा निर्णय लिनुपर्दथ्यो । पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका केपी ओलीले त्यसका निम्ति पहल गर्नुपर्दथ्यो तर उहाँले त्यस्तो कुनै पनि पहल नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक बसी नेकपा (एमाले) को नवौ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने जस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनतर्पm धकेलिदिनुभयो । त्यस प्रकारको विषम परिस्थितिमा हामीले २०७७ चैत ४–५ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर गम्भीर एवम् गहन रूपमा छलफल गरी “नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ” भन्ने आह्वान ग¥यौँ तर ओलीले एकताका लागि पहल गर्ने होइन कि उल्टै निरन्तर रूपमा विभाजनकारी क्रियाकलाप अगाडि बढाउनुभयो । उहाँले साङ्गठनिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र होइन पार्टीले अँगालेका सिद्धान्त एवम् विचार र नवौं महाधिवेशनले तय गरेको कार्यदिशालाई समेत लत्याउने तथा पार्टी विधानको पूरै उलङ्घन गर्ने जस्ता कार्य गरी पार्टीलाई विसर्जनको दिशामा धकेल्ने काम गर्नुभयो । उहाँ गाली गलौजमा समेत उत्रिनुभयो । उहाँले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेकौं प्रकारका चालबाजी र नाटक त गनुभयो तर वास्तवमा पार्टी एकतामा अगाडि बढ्न चाहनुभएन । निरन्तर रूपमा विभाजनकारी निर्णय र गतिविधि गर्दै अगाडि बढ्नुभयो । हामीले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न ग¥यौँ तर केपी ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि हाम्रो प्रयत्नले मात्र पार्टी एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भयो । त्यसैले आज हामी इतिहासको एउटा अत्यन्तै गम्भीर मोडमा आइपुगेका छौँ । उहाँले एकातिर एकताको निम्ति वार्ताको अभिनय गर्ने अर्कोतर्फ नयाँ पार्टी सदस्यता वितरण गर्ने, पार्टी सदस्यताको नविकरण गर्ने र पार्टीको तल्लो तहको अधिवेशनको मिति तोक्दै व्यापक रुपमा संगठनात्मक क्रियाकलाप अगाडि बढाउँदै आफ्नो गुटको शक्ति वृद्धि गर्ने र हामीलाई कुनै संगठनात्मक गतिविधि गर्न नदिई वार्ताको नाटकमा अल्मल्याउने काम गरिरहनुभयो । यति मात्र होइन उहाँले कहिले स्पष्टिकरण, कहिले कारवाही, कहिले आम माफी, गद्धार, देशद्रोही घोषणा गर्दै फलानो फलानो व्यक्तिको निम्ति एकताको च्याप्टर क्लोज, ढोका बन्द भन्दै नेतृत्व पंक्ति बीच विभाजन ल्याई अल्मल्याउने र कतिपयलाई तान्ने काममा लागि रहनुभयो । हँुदा हुँदा २०७८÷०५÷०१ गतेका दिन त उहाँले पार्टी नेता र सांसदहरुलाई कारवाही गरी गैरकानुनी रुपमा निष्कासन गर्ने तहमा उभिसकेपछि बाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामा पुग्न नदिन तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ । नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने वाध्यकारी अबस्था सिर्जना भएको छ ।
प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,
हामी हाम्रा अग्रजहरूको क्रान्तिकारी दृष्टिकोण, सहिदहरूको वलिदान र हजारौँ योद्धाहरूको त्याग, तपस्या र कठोर परिश्रमबाट निर्मित गौरवमय इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन चाहन्छौँ । हाम्रो पार्टीले स्थापना कालदेखि नै राष्ट्र र जनतासमक्ष राखेका लक्ष्य उद्देश्यहरू प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौँ । त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्नुपर्ने आवश्यकता परेको छ । नेपाली जनताको लामो सङ्घर्ष र वलिदानबाट प्राप्त उपलब्धीहरूको रक्षा र विकासका निम्ति पनि हामीले दृढताका साथ अगाडि बढ्नु पर्ने भएको छ । यही दायित्वबोधका साथ अगाडि बढौँ ।
प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,
हामी देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको आफ्नो दायित्वबाट पञ्छिन सक्तैनौँ । हामी आफ्नो राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन पनि सक्तैनौँ । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिइरहन चाहन्छौँ । नेकपा (एमाले) ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौँ । त्यसका निम्ति नेकपा (एमाले) लाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ । नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले) बाट बैधानिक रुपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छांै । कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आआफ्नो ठाउँमा खट्नुहुन र सहयोग पु¥याउनुहुन सबैमा हार्दिक अपिल गर्दछौँ ।
माधवकुमार नेपाल
२०७७÷०५÷२

प्रतिक्रिया