मौसमी मल्लको ‘बाटुली’ प्रसारणमा

इनेप्लिज २०७८ भदौ २ गते ११:३१ मा प्रकाशित

 


काठमाडौं, नयाँ पारिवारीक टेलिश्रृंखला ‘बाटुली’ प्रसारणमा आएको छ।आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यस टेलिश्रृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७ः३० मा प्रसारण हुनेछ।पहिलो श्रृंखला गएको मंगलबार (भदौ १) गते प्रसारण भएको हो।

सञ्चारकर्मि गोपिकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’ टेलिश्रृंखला झण्डै २५ बर्ष पुरानो कथामा निर्माण गरिएको बताइएको छ ।मोबाइल युग भन्दा अघि नेपाली गाउँसमाजमा सासु र बुहारी बिच हुने बिभेदलाई टेलिश्रृंखलामा हेर्न सकिने निर्देशक गोपिकृष्णले जानकारी दिनुभयो।उहाँले भन्नुभएको छ,‘पछिल्लो समय नेपालमा धेरै टेलिश्रृंखला निर्माण भइरहेको समयमा हामिले पुरानो कथालाई उठान गरेका छौं।’ टेलिश्रृंखलाको कथा पनि गोपिकृष्णले लेख्नुभएको हो।

टेलिश्रृंखलाको निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पुर्व (नवलपुर)मा गरिएका अर्का निर्देशक तथा ब्यवस्थापक नवराज अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायांकन गरिएको छ।सुरुमा ४ भाग छायांकन भइसकेको बताइएको छ।

टेलिश्रृंखला ‘बाटुली’मा लोकप्रिय अभिनेत्री मौसमी मल्ल सासुको भूमिकामा हुनुहुन्छ भने सिपी पोडेललाई ससुराको भूमिकामा देख्न सकिनेछ । यस्तै कलाकार संगम भुसालले बुहारीको भूमिका निभाउनु भएको छ।यस्तै खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समिक्षा लामिछाने, बाल कलाकार खुसी अर्याल लगायतको अभिनय रहेको छ । अनिल लामिछानेको छायाँकन रहेको टेलिश्रृंखला ‘बाटुली’मा शारधा पौडेलको श्रृंगार रहेको छ भने विरेन्द्र भाट विपिनको सम्पादन रहेको छ।टेलिश्रृंखला ‘बाटुली’मा निरज पन्थिको सहायक निर्देशन रहेको छ । बाटुली आर्टिष्ट खबरको युट्युवमा मंगलबार साँझ ८ बजेबाट हेर्न सकिनेछ।

 

प्रतिक्रिया