“थियौ तिमी दिलमा” गजलका संगीतकार राजेश थापालाई सर्वोत्कृष्ट आधुनिक संगीतकार सम्मान

इनेप्लिज २०७८ भदौ २ गते १०:५६ मा प्रकाशित

यस वर्षको बोष्टर मिडिया सर्वोत्कृष्ट आधुनिक संगीतकार सम्मानबाट राजेश थापा सम्मानित भएका छन् । संगीतकार थापालाई शनिबार राजधानी काठमान्डूमा आयोजित एक विशेष समारोह बीच सम्मान गरिएको हो ।

उनले बोष्टर मिडियाद्वारा राजधानीमा सम्पन्न ‘ तेस्रो बोष्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१’ बाट सुगम संगीततर्फ सर्वोकृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका हुन । नेपाली सुगम संगीतमा दुइ दशक देखि क्रियाशील संगीतकार राजेशलाई गजलकार डा ऋषि बस्ताकोटीको शब्द र गायक राज सिग्देलको आवाजमा रहेको ”थियौ तिमी दिलमा” बोलको गजलका लागि उत्कृष्ट संगीतकारको सम्मान प्रदान गरिएको हो ।

आफुले उक्त सम्मान पाएकोमा खुसी ब्यक्त गर्दै मन छुने शव्दमा संगीत गर्न पाएको र साधनाले खारिएका गायकसंग सहकार्य गर्न पाएकोले यो उत्कृष्ट सिर्जना सम्भव भएको बताउंदै संगीतकार थापाले रचनाकार र गायकप्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै उनले सबै दर्शक श्रोताहरुको माया र साथले यो सफलता प्राप्त गर्न सम्भव भएको बताउर्दै उनले सबै प्रति विशेष आभार ब्यक्त गरेका छन ।

संगीतकार थापाले यस अगाडि पनि निरन्तर संगीत कर्म मार्फत कला र सस्कृतिको विकासमा योगदान पुयाए बापत विभिन्न संघ संस्था र विभिन्न निकायबाट सम्मानित भएका छन । उनले संगीत सिर्जना गरेका दर्जनौ एकल एल्बम, संयुक्त एल्बम र थुप्रै चर्चित गीत संगीत बजारमा उपलब्घ रहेका छन ।

प्रतिक्रिया