२२ वर्षीय युवा सृजन कुँवरको शव नेपाल पठाइँदै।
अमेरिकाको विसकन्सिन राज्यमा मृत्यु वरण गरेका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव गैर आवासीय नेपाली सङ्घ अमेरिकाको पहलमा अगष्ट १८ तारिख बुधवार नेपाल पठाउन लागिएको छ।नेपाल पठाउनु अगाडि फ्युनेरल होममा गएर गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी सहित विसकन्सिन बासी नेपालीहरूले मङ्गलवार स्वर्गीय कुँवरलाई श्रद्धाञ्जली दिनुभएको छ।शव सुरक्षित ढङ्गले नेपाल पठाउन भ्याली फ्युनेरल होम एप्पलटोनले आवश्यक व्यवस्था गरिसकेको गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीलाई जानकारी गराएको छ।सृजनको शव अगष्ट १८ तारिख बुधवार साँझ ७ बजेर ५० मिनेटमा कतार एयरवेजबाट नेपाल पठाउने उडान तालिका प्राप्त भएको छ।
भ्याली फ्युनेरल होम एप्पलटोन सँगै काममा जुटिरहनु भएका व्यक्ति, संस्था र निकायसँग समन्वय गर्दै आर्थिक पक्षमा कोषाध्यक्ष राजीव श्रेष्ठ र अरू पक्षमा महासचवि अन्जन कुमार चौलागाईले काम गरिरहनु भएको छ।सृजन कुवरको शव परिवारका सदस्यलाई बुझाउनु अगाडिसम्म सुरक्षित राख्न र नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि गैर आवासीय नेपाली सङ्घ अमेरिकाले विसकन्सिन च्याप्टरको विशेष पहलमा गोफण्ड मार्फत रकम सङ्कलन गरेको छ।
विसकन्सिन च्याप्टर अध्यक्ष दीपक थापाका अनुसार शव नेपाल पठाउन परिवारको अनुरोध पत्र आएपछि गो फण्डबाट २५ हजार डलर सङ्कलन गरिएको छ । यस्तो दुखको घडीमा साथ दिनुहुने र आर्थिक सहयोग गर्नुहुने सबै दाताहरूलाई गैर आवासीय नेपाली सङ्घ अमेरिका र विसकन्सिन च्याप्टरको तर्फबाट आभार व्यक्त गर्दछौँ ।
विसकन्सिन स्थित नर्थ पिटर्स एभिन्यु फण्डुलेक बस्दै आउनु भएका सृजन कुँवर काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि प्रहरी र एम्बुलेन्स आएर नजिकैको बिएभर दम अस्पतालको आकस्मिक कक्षमा पुर्याएको थियो।सो अस्पतालले सृजनको थप परीक्षण र उपचारका लागि अर्को ठुलो अस्पताल यूडब्लु माडिसन अस्पताल पठायो।त्यहाँ पनि कुँवरको उपचार सम्भव भएन।अस्पतालले सृजन कुँवरलाई मृत घोषणा गर्यो।
मृत्यु पछि गर्नु पर्ने संस्कारका लागि स्वर्गीय सृजनका बुवा कृष्णहरि कुँवर अमेरिका आउन नेपाल स्थित अमेरिकी दूतावासमा भिषाका लागि निवेदन दिनु भएको थियो।तर अमेरिकी दूतावासबाट भिसा अस्वीकृत भयोआफ्नो प्रिय छोरा सृजनको प्राण विहीन शरीरलाई एक पटक हेरेर मात्रै मृत्यु संस्कार गर्ने बुवा कृष्णहरि कुँवरको चाहना अनुरूप नै शव नेपाल पठाउन लागिएको हो।स्वर्गीय कुवरको परिवारको भिसा प्रक्रियामा केही समय व्यतीत हुँदा शव नेपाल पठाउने काम केही दिन ढिलो हुन पुगेको छ।
काठमाडौँ जिल्ला दक्षिणकाली ४ बासवारि जन्म घर भएका कुँवर मे १० तारिख २०१९ मा अमेरिका आउनु भएको हो।डी भी लटरीको माध्यमबाट २६ महिना अगाडि सुन्दर भविष्यको कल्पनामा अमेरिका आउनुभएका युवा सृजन कुँवरको २२ वर्षकै कलिलो उमेरमा असामयिक निधन भएको दुखद घटनाबाट एनआरएनए अमेरिका परिवार मर्माहत भएको छ।उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौँ । शोक सन्तप्त परिवारमा हार्दिक समवेदना।
तोया दाहाल
प्रवक्ता, गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति ०८–१७–२०२१
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया