माधव समूहको छुट्टै बैठक,आज नयाँ दल दर्ता हुन सक्ने

इनेप्लिज २०७८ भदौ १ गते १०:२० मा प्रकाशित

काठमाडौं।नेकपा एमाले आन्तरिक द्धन्द्धका कारण फूटको संघारमा पुगेको छ।एमाले संस्थाापन पक्ष र इतर पक्षबीचको विवादका कारण पार्टी फूटको संघारमा पुगेको हो।

यति बेला एमालेमा अध्यक्ष केपी शर्मा ओली समूह प्रतिपक्षमा छ भने माधव कुमार नेपाल समूह सत्तागठबन्धको पक्षमा रहेको छ।सर्वाैच्च अदालतको परामेदबाट गठबन्धको सरकार गठन भएसँगै एमाले भित्रको आन्तरिक द्धन्द्ध झनै बढ्दै गइरहेको छ।

तत्कालिन एमाले सरकारका तर्फबाट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठक भंग गरेसँगै सर्वाैच्च अदालतले संसद व्यूताउँदै प्रतिनिधि कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।तर प्रतिनिधि सभा व्यूतिएको करिब एक महिनापछि सोमबार राति १२ बजेबाट संसद अधिवेशन अन्त्य गरिएको छ ख।संसद अधिवेशन अन्त्य गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन थाालेका हुन।खास गरि माधव नेपाल समूहलाई सहज पार्नै किसिमले अध्यादेश ल्याउन खोजेपछि प्रतिपक्ष दल नेकपा एमालेले त्यसको विरोध जनाएको छ।

दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै एमालेले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक आव्हान गरेको छ।तर माधव समूह ओली समूहले बोलाएको बैठकमा उपस्थित नभएर सिंहदरबारमा छुट्टै बैठक बसेको छ।माधव नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई टेलिफोन गरेर आजै दल दर्ता गर्ने बताइएको छ।

प्रतिक्रिया