शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:२२
वासिङटन डिसी 01:37

बाइडेनले अफगानिस्तानको पतन हामीले सोचेको भन्दा धेरै छिटो भयो भन्दै स्वीकारे

ट्रम्पले मे १, २०२१ सम्म तालिबानसंग अमेरिकी सेना फिर्ता गर्ने सम्झौता गरेको आरोप

इनेप्लिज २०७८ साउन ३२ गते २२:०७ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको पतन हामीले सोचेको भन्दा धेरै छिटो भयो भन्दै स्वीकार गरेका छन् । अगस्त १६ का दिन दिउसो अमेरिकी जनतालाई सम्बोधन गर्दै उनले उक्त कुरा भनेका हुन् ।

उनले आफ्नो यात्रा छोट्याएर अफगानिस्तानको समस्यालाई सम्बोधन गर्न उनि व्हाइट हाउस फर्के पछि उनले आज बोलेका हुन् ।

गत मंगलबार देखि तालिबानले काबुल समेत कब्जा गरि रहदा सम्म सार्वजनिक रुपमा बोलेका थिएनन् । उनले आज यस बिषयमा बोल्दै अमेरिकाको २० बर्षे युद्धको अन्त्य सही निर्णय हो भनी जोड दिए।

तर राष्ट्रपति बाइडेनले राष्ट्रमा अमेरिकी सेनाको लडाई मिसन (लक्ष्य )अन्त्य गर्ने आफ्नो निर्णयबाट पछि हट्ने अस्वीकार गरे ।

“म मेरो निर्णयमा दृढ छु। २० बर्ष पछि, मैले गाह्रो तरीका सिके कि अमेरिकी सेना फिर्ता गर्ने राम्रो समय कहिल्यै थिएन, “बाइडेनले सोमबार दिउँसो ह्वाइट हाउसको पूर्वी कोठाबाट एक भाषणको क्रममा भने।

“यसैले हामी अझै त्यहाँ छौं। हामीलाई जोखिमको बारेमा स्पष्ट थियो । हामीले हरेक आकस्मिकताको लागि योजना बनायौं। तर मँ सधैं अमेरिकी जनतासंग प्रतिज्ञा गर्दछु कि म सिधैँ तपाईहरु संग हुनेछु। सच्चाई यो हो, यो हामीले सोचेको भन्दा धेरै छिटो घटना भयो।

बाइडेनले थप्दै भने अफगानिस्तानमा अमेरिकी राष्ट्रिय हित सधैं “अमेरिकी गृह भूमिमा आतंकवादी हमला रोक्न”, र त्यो अमेरिकी लक्ष्य पहिले नै पूरा भैसकेको छ।

उनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको आलोचना सुन्न इच्छुक रहेको भन्दै बाइडेनले अन्यौलहरुको श्रृंखलालाई औंल्याएको समाचार सिएनएनले लेखेको छ ।

बाइडेनले अफगानिस्तानको सेनालाई तालिबानले गरेको आक्रमणको सामना नगरेको आरोप लगाए । उनले अफगानिस्तानका शीर्ष नेताहरुलाई दोषी ठहर्याए । उनले बोल्ने क्रममा “त्यसोभए, के भयो ?” बाइडेनले प्रश्न गरे । “अफगानिस्तानका राजनीतिक नेताहरु हार माने र देश छोडेर गए ।”

बाइडेनले अफगानिस्तानका राष्ट्रपति अशरफ घानी र अफगानिस्तानका प्रतिनिधिमण्डलका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहसँग गत ग्रीष्म ऋतुको शुरुमा खुलेर कुराकानी गरेका थिए भने । तर अन्ततः उनीहरुले अमेरिकाको सुझाव नलिएको जनाए ।

हामीले अफगानिस्तानले अमेरिकी सेनाले छोडे पछि उनीहरु गृहयुद्ध लड्नको लागी कसरी तयारी गर्ने, सरकारमा रहेको भ्रष्टाचार मुक्त गर्नको लागी कुरा गरेका थियौं, ताकि सरकार अफगान जनताको लागी काम गर्न सकोस्।

हामीले अफगानिस्तानका नेताहरुलाई राजनीतिक रुपमा एकजुट हुनुपर्ने आवश्यकताको बारेमा व्यापक रुपमा कुरा गर्यौं। उनीहरु त्यसो गर्न असफल भए। मैले उनीहरुलाई कूटनीतिमा संलग्न हुन, तालिबानसँग राजनीतिक समाधान खोज्न आग्रह गरेको बताए ।

यो सल्लाहलाई ठाडै अस्वीकार गरियो, “बाइडेनले भने। ” घानीले अफगान सेनाहरु लड्नेमा जोड दिए। र ,पक्कै उनी गलत थिए। ” उनले थपे ।

बाइडेनले वर्तमान स्थितिको लागी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिए । ट्रम्पले मे १, २०२१ सम्म तालिबानसंग अमेरिकी सेना फिर्ता गर्ने सम्झौता गरेका थिए भनि सार्वजनिक रुपमा बोले ।

धेरै जसो अमेरिकीहरु अफगानिस्तानमा सैन्य लडाईको निर्णयको अन्त्य को निर्णय को समर्थन गगर्दछन उनले भने । राष्ट्रपतिले सम्भावित अवरोधकहरुलाई सम्बोधन गर्ने उद्देश्यले उनीहरुलाई एक काल्पनिक प्रश्न सोधेर भने: “अफगानिस्तानको सैनिक युद्ध नहुँदा अफगानिस्तानको गृहयुद्धमा लड्न अमेरिकाका छोरी र छोराहरुलाई अरु कति पुस्ता पठाउनुहुन्छ?”

“अझ कति जीवन ? अमेरिकी जीवन, के यो गर्न लायक छ? भनि आफ्ना भनाइ स्पष्टसंग राखे ।

प्रतिक्रिया