मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:०६
वासिङटन डिसी 03:21

ईनासको केन्द्रिय समिति लगायत भर्जिनिया तथा मेरिल्याण्डका पदाधिकारीको शपथग्रहण समारोह भर्जिनियामा हुने

इनेप्लिज २०७८ साउन ३२ गते १९:२० मा प्रकाशित

आगामी अगस्त २२ आइतबारका दिन ईनास अमेरिका केन्द्रीय समिति ,ईनास भर्जिनिया समिति र ईनास मेरिल्याण्ड समितिका पदाधिकारीहरूको सयुक्त शपथग्रहण समारोह भर्जिनियामा हुने भएको छ ।

साथै उक्त कार्यक्रममा मनोनयन पत्र वितरण तथा सांगीतिक कार्यक्रम समेतको आयोजना गरिने भएको आयोजकले बताएका छन् । ईनास ग्लोबल(बिश्व )का उपाध्यक्ष” साबु गदालको ”प्रमुख आतिथ्यमा उक्त समारोह हुनेछ ।

कार्यकम अगस्त २२ का दिन आइतबार १२ बजे देखि सुरु हुनेछ । कार्यक्रम भर्जिनियाको फेयरफ्याक्स स्थित तन्दुरी रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा आयोजना गरिने जानकारी अन्तराष्ट्रीय नेपाली कलाकार सोसाइटी ईनासका उत्तर अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु लामाले ईनेप्लिजलाई बताए ।

प्रतिक्रिया