तालिबानका प्रवक्ताले भने काबुल लगभग पूर्ण नियन्त्रणमा
पूर्व सरकारी अधिकारीहरुको खोजी गर्न ढोका ढोकामा नजाने
इनेप्लिज
२०७८ साउन ३२ गते १३:५० मा प्रकाशित
तालिबानका प्रवक्ताले काबुल लगभग पूर्ण नियन्त्रणमा रहेको बताएका छन् । प्रवक्ता जबीहुल्लाह मुजाहिदले हाम्रो समूहले राजधानी काबुल करिव करिव कब्जा गरेको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।
उनले अगस्त १६ सोमवारका दिन सामाजिक संजाल ट्वीटरमा उक्त कुरा जानकारी गराएका हुन् । मुजाहिदका अनुसार मौकाको अनुचित फाइदा उठाउने र अवसरवादीहरू हिँसामा संलग्न भएकोले उनीहरूलाई पक्राउ गरिएको जनाएका छन् ।
प्रवक्ताले पुन: स्मरण गराउदै उनको समूहले पूर्व सरकारी अधिकारीहरुको खोजी गर्न ढोका ढोकामा नजाने प्रतिबद्धता दोहोर्याएका छन् । उनले कसैले पनि धम्कि नदिने र कसैले पनि उनीहरुका सवारी साधन माग्न घर घर जाने अनुमति नदिने उनले लेखेका छन् ।
यस्ता गतिविधिमा संलग्न भएको पाइएमा त्यसको परिणाम गम्भीर हुने उनले बताएको समाचार सिएनएनले लेखेको छ ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया