शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:३९
वासिङटन डिसी 13:54

काबुल विमानस्थलमा गोली हानाहान हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु,जहाज चढ्न भागदौड र भीषण भिड

इनेप्लिज २०७८ साउन ३२ गते ११:२५ मा प्रकाशित

अफगानिस्तान तालिबानले लिए पछि देश छोड्ने मानिसहरूको चाप अत्यधिक वृद्धि हुनुको साथै कोलाहल मच्चिएको छ । पछिल्लो जानकारी अनुसार काबुल विमानस्थलमा गोली हानाहान हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको समाचार छ ।

मानिसहरु जति सक्दो छिटो बाहिर निस्कने हुँदा हवाईजहाज चढ्न भागदौड र भिषण भिड लागेको हो । हजारौं अफगानिस्तानका नागरिक अफगानिस्तान छोड्ने अन्तिम उडानहरुमा चढ्नको लागी विमानस्थलमा जम्मा भएका थिए।

एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले ती पीडितहरू बन्दुकधारीद्वारा मारिएका हुन् या भागदौडमा मारिएका थिए भन्ने अझै स्पष्ट नभएको जनाएको छ ।

विभिन्न सामाजिक सञ्जालमा सांझा (हिस्सा )गरिएका भिडियो(श्रब्य दृश्य)हरुमा अफगान नागरिकहरुको भीड देखिएको छ भने उनीहरु देश बाहिर उड्नको लागी एक विमानमा चढ्नको लागी दौडिरहेका देखिन्छ ।

बिमानस्थलबाट लिईएको एक भिडियो(श्रब्य दृश्य)मा एउटा मानिसहरु एउटा सीढ़ी माथिबाट अगाडी छिटो पुगिन्छ भनि चढेको पनि देखिन्छ ।

अधिकारीहरुका अनुसार काबुलको हमिद करजई विमानस्थल नागरिकहरू चढ्ने मार्ग बन्द गरिएको छ र विमानस्थलको हवाई क्षेत्र सेनालाई मात्र छोडिएको छ ।

भारतको एयर इन्डियाले अफगानिस्तानको हवाई क्षेत्र पनि बन्द गरेको छ भने सबै दिल्ली-काबुल-दिल्ली उडानहरु पनि रद्द गरिएका छन्। अमेरिकाले अफगानिस्तानबाट आफ्ना कूटनीतिज्ञ ,नागरिक र आफ्ना सहयोगीहरूलाई हटाउन काबुल विमानस्थलमा ६ हजार भन्दा धेरै सैनिक तैनाथ गरेको छ।

अमेरिकी सेनाले काबुल विमानस्थल परिधि सुरक्षित गरेको छ, जुन फ्रान्स जस्ता केही देशहरुको लागी कार्यवाहक वाणिज्य दूतावासको रूपमा सेवा गरीरहेको छ भनि इन्डिया टुडेले समाचार लेखेको छ ।

 

प्रतिक्रिया