सोमबार, साउन २३ २०७९
काठमाडौं ०५:०७
वासिङटन डिसी 19:22

अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ३० हजार कोरोनबाट संक्रमित, ६६२ जनाको मृत्यु

इनेप्लिज २०७८ साउन ३२ गते १०:५२ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ३० हजार ८ सय ८ जना संक्रमित भएका छन् । यसै गरि कोरोनाबाट ६ सय ६२ जनाको मृत्यु भएको छ ।

गत आइतबार अगस्त १५ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा कोरोनाबाट संक्रमित हुने दैनिक औसत दरमा ६४ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख २१ हजार २ सय २८ जनाको निधन भएको छ भने दुई हप्तामा ११३ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिका ७६ हजार ८८ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ६५ प्रतिशतले वृद्धि भएको छ । सोमबार बिहान अगस्त १६ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ६७ लाख २७ हजार ८ सय ४६ जना रहेका छन ।

अमेरिकामा गत शनिबार अगस्त १५ का दिन १० लाख ३ हजार ६ सय ४८ जनाले कोरोना जाँच गराएका थिए । अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५०.७ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५९.७ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७२ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६१.७ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म ३ करोड १ लाख ५३ हजार ५ सय ७६ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ९०.९ प्रतिशत र पूर्ण खोप ८०.८ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ४१ करोड ५९ लाख ५७ हजार ६ सय ४५ खोप आपूर्ति गरि सकिएको छ ।

अमेरिकाको दक्षिण राज्य लुजियाना ,फ्लोरिडामा लगायत हवाईमा संक्रमित संख्या अत्यधिक वृद्धि भएको छ । अमेरिकामा हाल सम्म १६ करोड ८३ लाख ६२ हजार ५८जनाले पूर्ण खोप लगाई सकेका छन् ।

प्रतिक्रिया