अमेरिकाले अफगानिस्तानमा थप १ हजार सैनिक पठायो,काबुलमा अमेरिकी झन्डा हटाइयो
अफगानिस्तानमा तालिबानले कबुल स्थित राष्ट्रपति भवन समेत कब्जा गरे पछि आफ्ना सैनिक,कर्मचारी ,अफगानी नागरिक तथा महत्वपूर्ण व्यक्तिहरुलाई बाहिर ल्याउन थप १ हजार सैनिक पठाएको छ । साथै काबुलमा रहेको अमेरिकी दुतावासबाट अमेरिकी झन्डा हटाइएको छ ।
यो थप १ हजार सैनिक सहित काबुलमा कूल ६ हजार सैनिक तैनाथ गरिएको छ ।
अमेरिकी राष्ट्रपतिले गत शनिवार अगस्त १४ का दिन तालिबान अगाडी बढ्दै जाँदा विशेष जोखिममा परेकाहरुका लागि सुनिश्चित गर्न १ हजार थप सैनिक पठाउदै कूल ५ हजार सैनिक त्यहा हुने बताएका थिए । तर आज फेरी थप १ हजार सैनिक पठाईएको छ ।
अमेरिकी केन्द्रीय नेतृत्वका फ्रान्क म्याकेन्जीले कतारको दोहामा गत आइतबार बिहान सम्पन्न तालिबानका प्रतिनिधिहरुसँगको भेटवार्तापछि उनीहरुलाई विमानस्थलमा अमेरिकी कार्यमा हस्तक्षेप नगर्न सूचित गरेका थिए।
एबीसीन्युजसंग कुरा गर्दै विदेश सचिव एन्टोनी ब्लिन्केनले आइतबार भने कि दूतावासलाई बिमानस्थलमा सार्नु भनेको “उनीहरु सुरक्षित र सुरक्षित रुपमा संचालन गर्न सकिन्छ” भन्ने सुनिश्चित गर्नका लागी भएको बताए ।
तर अझैपनि त्यहाँ एक प्रमुख कूटनीतिक उपस्थिति कायम रहेको उनले जनाए ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया