सुरू भयो – शब्दसारथि

समाचारदाता २०७८ साउन ३१ गते २१:५६ मा प्रकाशित


बोस्टन,अमेरिकाअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनलाइन पाक्षिक कार्यक्रम ‘अनेसास शब्दसारथि’ को प्रसारण आरम्भ गरेको छ।आइतबारदेखि सुरु भएको यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना,वरिष्ठ सर्जकलाई सम्मान,समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने भएको छ।

पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला र अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्रीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे।यसैगरी कवि मञ्जुल,रमेश क्षितिज र सुरेन्द्र अस्तफलले तीनतीनवटा कविता वाचन गरे।

उपन्यासकार मदनमणि दीक्षितको तेस्रो बार्षिक पूण्यतिथि पनि परेकोले प्रा.डा.खगेन्द्र प्रसाद लुइटेलले दीक्षित प्रति श्रद्धा-सुमन अर्पणगर्दै सम्झना पनि सुनाए।कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्माको साथमा सदस्य तीर्थ अधिकारीले पनि सिर्जना वाचन तथा कार्यक्रम आरम्भको आवश्यकता वारे मन्तव्य राखे।

कार्यक्रममा अनेसासका महासचिव सर्वज्ञ वाग्ले,कोषाध्यक्ष कृष्णकुमार गिरी,सदस्य डा.रेणुका सोलु र दर्पणका प्रधान सम्पादक लालगोपाल सुवेदीले अनेसासका केही नयाँ कार्यक्रमका बारेमा जानकारी गराए।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले कार्यक्रमको संयोजन गरेका थिए।

प्रतिक्रिया