बुधबार, भदौ १ २०७९
काठमाडौं ०४:०२
वासिङटन डिसी 18:17

न्याकले जनै पूर्णिमा, श्रीकृष्णाष्टमी र तीज मनाउने

इनेप्लिज २०७८ साउन ३१ गते २१:३९ मा प्रकाशित

वाशिंगटन डिसी। नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)ले नेपालीहरुका आसन्न चाडहरु जनै पूर्णिमा, श्रीकृष्णाष्टमी र तीज विविध कार्यक्रम सहित मनाउने भएको छ ।

यस वर्षदेखि आफ्नै प्रांगडमा समुदायका सदस्यहरुको लागि जनै तथा रक्षाबन्धन वितरणको कार्यक्रम गर्ने भएको छ।

न्याकद्वारा यही अगस्ट २२ तारिक आईतबार वैदिक विधि अनुसार गुरुहरुद्वारा पूजन तथा मन्त्रण गरिएका जनै, रक्षाबन्धन तथा प्रसाद ग्रहणका लागि सवैलाई हार्दिक निमन्त्रणा गरेको छ ।

साथै कोभिड – १९ ( कोरोना) को तेस्रो लहर अझै पनि चलिरहेकोले मास्क लगाई सुऱक्षाका उपाय अपनाउन पनि अनुरोध गरिएको छ ।

स्थानीय संस्था डिसी नेपाली समाजको समेत सहकार्यमा संयुक्तरुपमा गर्न लागिएको यस कार्यक्रममा अमेरिकाको पूर्वीय भूभाग डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर बस्नु हुने आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरु लगायत सम्पूर्ण भक्तजनहरुको उल्लेख्य उपस्थिति रहने छ ।

यसै गरी न्याकले अगस्ट २९ तारिक आइतबार श्रीकृष्णाष्टमीको अवसरमा वाचन प्रवीण दीनबन्धु पोखरेलबाट प्रवचनको कार्यक्रम पनि तय गरेको छ । सो प्रवचन स्थानीय लोटस टेम्पलको हलमा दिनको २ बजेदेखि वेलुका ८ बजेसम्म हुनेछ ।

नेपाली दिदीबहिनीहरुको महान चाड तीजको पूजा अर्चना तथा नाचगानको कार्यक्रम पनि न्याकले तय गरेको छ । सो तीजको कार्यक्रम सेप्टेम्बर ९ तारिक विहीवारको दिन विहान ८ बजेदेखि बेलुका ८ बजे सम्म लोटस टेम्पलको बाहिर पट्टीको पूजास्थलमा हुनेछ ।

जनै र रक्षा बन्धन वितरण समय :
बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म, अगस्ट २२, २०२१ आइतबार।

Date : August 22, 2021 Sunday
Time : 8 00 AM To 8 PM

Address :
Nepali American Community Center,
10501 Balls Ford Rd,
Manassas VA 20109

सम्पर्क:
अरुण रुपाखेती: +1 (703) 909-7123
विना खड्का लामा: +1 (703) 901-6508
ज्यो. पं. राजेन्द्र खनाल: 1 (703) 870-6480

प्रतिक्रिया