बिहीबार, साउन २६ २०७९
काठमाडौं २१:००
वासिङटन डिसी 11:15

अलास्कामा ६.९ परिमाणको भूकम्प ,सुनामीको चेतावनी जारी नगरिएको

इनेप्लिज २०७८ साउन ३१ गते १२:५३ मा प्रकाशित

अलास्कामा ६ दशमलव ९ परिमाणको भूकम्प आएको छ । भूकम्प आएता पनि सुनामीको चेतावनी जारी नगरिएको अमेरिकी भूगर्वविद्हरूले जनाएका छन् ।

शनिबार बिहान उक्त भूकम्प आएको हो भने उक्त भूकम्प २१ माइल मुनि मापन गरिएको अमेरिकी भुगर्व सर्वेक्षणले जानकारी गराएका छन् ।

उक्त भूकम्पको धक्काको केन्द्रबिन्दु पेरिभिल रहेको बताईएको छ ।

गत अगस्त १४ का दिन शनिबार बिहान करिव ४ बजे अलास्काको खाडीको भूभागहरुमा धक्का दिएको थियो ।

अलास्का भूकम्पीय गतिविधिको एक केन्द्र हो। अलास्का भूकम्प केन्द्र, अलास्का विश्वविद्यालय फेयरबेंक्स मा स्थित प्रत्येक १५ मिनेटमा एक भूकम्प पत्ता लगाउँछ भनि आधिकारिक संजालस्थल (वेबसाईट)मा उल्लेख गरेको एबिसीन्युजले समाचार लेखेको छ ।

प्रतिक्रिया