शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:४८
वासिङटन डिसी 02:03

ट्रम्पले नियुक्त गरेका टेक्ससका संघीय न्यायाधीशले बाइडेन प्रशासनलाई ट्रम्प युगको सीमा नीति पुनर्जीवित गर्न आदेश

इनेप्लिज २०७८ साउन ३१ गते १२:२७ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त गरिएका टेक्ससका एक संघीय न्यायाधीशले बाइडेन प्रशासनलाई ट्रम्प युगको सीमा नीतिलाई पुनर्जीवित गर्न आदेश दिएका छन् ।

उक्त आदेशमा आप्रवासीहरूलाई अमेरिकी आप्रवासन अदालत मिति सम्म मेक्सिकोमा बस्न आवश्यक रहेको जनाएका छन् । राष्ट्रपति बाइडेनले पद सम्हालेको केही समय पछि, उनले “मेक्सिकोमै रहनुहोस्” को नामले परिचित नीतिको अन्त्य गरेका थिए ।

गत अप्रिल महिनामा टेक्सस राज्य र मिजौरी राज्यले बाइडेन प्रशासन विरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरुले ट्रम्पको नीति उल्टाएर अमेरिका-मेक्सिको सीमामा आप्रवासीहरूको वृद्धि हुन् गएको हो र जसले गर्दा राज्यहरूमा लागत बढायो भनि तर्क पेश गरेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।

त्यसको केही महिना पछि, होमल्याण्ड सुरक्षा सचिव अलेज्यानद्रो मायोर्कसले औपचारिक रूपमा जून महिनामा मेमो(स्मृतिपत्र)मा नीति समाप्त गरेका थिए ।

तर गत शुक्रवार अगस्त १३ का दिन अलिक बिलम्ब गरि न्यायाधीश, म्याथ्यू क्याक्समार्यकले बाइडेन प्रशासनलाई त्यो मेमो (स्मृतिपत्र )लागू गर्न बाट रोकेका छन् ।

यद्यपि उनले ७ दिनको लागी उनको आदेश “संघीय सरकारले पुनर्विचार सम्बन्धी आपातकालीन राहत खोज्नको लागी अनुमति दिनको लागी रोक लगाएका छन् । क्याक्समार्यकले बाइडेन प्रशासनको नीतिको समापन प्रशासनिक प्रक्रिया अधिनियमको उल्लङ्घन गरेको जनाएका छन् ।

प्रतिक्रिया