पोखरामा कार दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते स्थलगत रिपोर्ट ( भिडियो सहीत )

इनेप्लिज २०७८ साउन ३१ गते १२:१८ मा प्रकाशित

पोखरामा आइतबार बिहान ग१च ७२३४ नम्बरको सिल्भर कलरको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दुर्घटनामा दुई महिला घाइते भएका छन्।

आइतबार बिहान करिब १२ बजे रातिको समयमा भएको दुर्घटनामा कार चालक बद्री खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता दीपक केसीले जानकारी दिनुभयो।

कारमा चालकसहित तिन जना सवार रहेकोमा दुई महिलालाई उद्धार गरी हस्पिटल पठाइएको छ।घाइते हुनेमा सपना घोताने र किरण अर्याल रहेको र दुबैको अवस्था मध्यम रहेको केसीले जानकारी दिनुभयो।

कार सडकबाट झन्डै २०० मिटर तल खोचमा खसेर दुर्घटनाग्रस्त भएको हो।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।हामी त्यसै ठाउमा पुगेर घटनास्थल लगाएत गाडी कस्तो अबस्थामा थियो आजको कार्यक्रममा प्रस्तुत गरेका छौ बाकी भिडियोमा हेर्नुहोस

प्रतिक्रिया