गायिका रानी शाक्य र चन्द्रसिंह घलेको डान्सिङ गीत ‘अक्कले’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ साउन ३१ गते १२:१४ मा प्रकाशित

पछिल्लो समय गीत गायनमा लोकप्रियता हासिल गरिरहेकी गायिका रानी शाक्य पुन:अर्को एउटा डान्सिङ गीत ‘अक्कले’ लिएर प्रस्तुत भएकी छिन।चन्द्रसिंह घलेको शब्द संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतमा रानी शाक्य र चन्द्रसिंह घलेको स्वर रहेको छ।

चर्चित मोडेल बिना राउत र नायक अमृत ढुंगानाको दमदार नृत्य रहेको भिडियोमा हरि घलेको सिनेमाटोग्राफी,दिन्सन शाहको कलर ग्रेडिंग र फराज अर्पणको सम्पादन र निर्देशन रहेको छ।भरपुर मनोरञ्जनले भरिएको गीतलाइ संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सार्वजनिक गरिएको हो।रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित रहेका छन।हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन।आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन।

प्रतिक्रिया