न्युयोर्क – महिलाहरुको चाड तिजलाई लक्षित गरेर अमेरिकाको न्युयोर्कबाट तीज गित “गुन्जियो तिजको भाका” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
न्युयोर्क सिटीको विभिन्न ठाउँमा कैद गरिएको उक्त भिडियोलाई ममता इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।माया गुरुङको डेब्यु स्वर र अभिनय रहेको उक्त गितका रचनाकार ममता राई “यात्री” हुन भने संगित दिप घतानीको रहेको छ ।
यो गीतको म्युजिक भिडियोमा गायिका माया गुरुङ, रचनाकार ममता राई “यात्री” कमला राई, यशोदा राई, जानुका कंडेल, निरु राई र प्रबिन गुरुङको अभिनय देख्न सकिन्छ ।
तिजको गुन्जियो भाका गितलाई ओम कर्माचार्यले खिचेका हुन भने सम्पादन पनि कर्माचार्यकै रहेको छ । यो गीतलाई निर्देशन रमेश सुनुवारले गरेका हुन ।
न्युयोर्कको “रेडपान्डामा” एक कार्यक्रम गरेर सार्वजनिक गरिएको गीतको सार्वजनिक कार्यक्रममा अमेरिकाकै न्युयोर्कमा रहेर समाज सेवा गर्दै आउनु भएका समाजिक अभियन्ता केशवराम राईले नेपाली चेलीबेटीहरूले यस्तो व्यस्तताको बीच पनि नेपाली गीत संगीतको बजारमा एउटा इँटा थप्ने कार्य गरेकोमा सबैलाई हार्दिक बधाई दिए ।
प्रतिक्रिया