कोलोराडोमा सामुहिक दरखाने कार्यक्रम आयोजना हुदै
नातिबाबु भट्ट,कोलोराडो अमेरीका-हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी महिलाहरु एकै ठाउमा भेला भई सामुहिक दर खाने तथा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम आयोजना गर्ने भएका छन्।
प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई माईतीको झल्को मेटाउन तथा प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन कार्यक्रमको आयोजना गर्न लागिएकाे हो।कोलोराडो सिष्टर्स ग्रुपकाे आयोजना तथा एनआरएन कोलोराडो च्याप्टरको सहकार्यमा दरखाने कार्यक्रम आयोजना गर्न लागिएको सिष्टर्स ग्रुपकी संयाेजक धन पौडेलले बताएकी छन्।
उनले आगामी अगष्ट २१ तरिक शनिवार साझ ४ बजे देखि राती १० सम्म 10747 W 108th. Ave. Broomfield, Co 80021 मा आयोजना हुने कार्यक्रममा कोलोराडोको सबै सहरमा रहनु भएका सम्पुर्ण नेपाली,नेपाली भाषी तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानियहरुलाई यसै समाचार मार्फत सहभागी हुन चुलै निम्ता सहित अनुरोध गरेकी छन्।
उनले सबै दिदी बहिनिहरुलाई आ–आफ्नाे रिती स्थिती परंपरा अनुसारको पहिरहन लगाई, बिशेषगरी बाल बालिकाहरुलाई कार्यक्रममा सहभागी गराउन सकिएमात्र कार्यक्रमको सार्थकता रहने भन्दै, नत्र प्रवासमा हाम्रो पहिचान हराउदै जाने धारण राखेकी छन्।
यसैगरी एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्तले हिन्दु महिलाहरुको विशेष पबित्र चाड तिजको कार्यक्रममा च्यप्टरले सहकार्य गर्न पाउदा खुशी लागेको बताउदै सबैलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन्।
त्यसैगरी बर्तमान परिस्थितीलाई मध्यनजर गर्दै कार्यक्रममा सहभागी हुन आउनु हुने सबैले खोप लगाएको कार्ड अनिवार्य लिएर आउनु हुन र रुघा,खोकी, ज्वारोको लक्षण देखिएकाहरुले कार्यक्रममा सहभागी नभई दिएर सहयोग गरिदिनु समेत सबैलाई अनुरोध गरिएको छ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया