शनिबार, माघ ८ २०७८
काठमाडौं १५:०६
वासिङटन डिसी 04:21

मिनेसोटामा ५ बर्षिय बालकको संयोगवश गोलीबाट ३ बर्षिय बालिकाको मृत्यु

इनेप्लिज २०७८ साउन ३० गते २३:०२ मा प्रकाशित

अमेरिकाको मिनेसोटा राज्यमा ५ वर्षीय बालकको संयोगवश गोलीबाट ३ वर्षीय बालिकाको मृत्यु भएको छ । गत दुखद दुर्घटना गत शुक्रबार अगस्त १३ का दिन घटेको हो ।

मिनेसोटा राज्यको बेना शहरको एक घरमा भएको हो प्रहरीले जानकारी दिएका छन् । उक्त घटना घटे पछि करिब ३:५० मिनेटमा कास काउन्टी शेरिफ(प्रहरी)कार्यालयलाई जानकारी प्राप्त भएको थियो ।

शेरिफ टम बर्चका अनुसार उक्त घटनामा प्रहरी सहायक त्यहाँ पुगेका थिए भने आकस्मिक रूपमा बन्दुक चलाउँदा सानी बालिकाको निधन भएको बताए ।

बालिकालाई त्यहाँ स्थित नजीक रहेको डियर रिभर नामक अस्पतालमा लागिएको थियो भने उनलाई त्यही बचाउने समेत प्रयास गरिएको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

उक्त बालिकाको अस्पतालमा निधन भएको घोषणा गरियो । ऊक्त घटनाको अनुसन्धान भै रहेको छ भने शव परीक्षण विचाराधीनमा रहेको छ । बालक र बालिकाको सम्बन्ध बारे र बन्दुक कसरी फेला परेको सम्बन्धमा स्पष्ट नभैसकेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया