बुधबार, भदौ १ २०७९
काठमाडौं ०३:२१
वासिङटन डिसी 17:36

अफगानिस्तानमा “व्यवस्थित र सुरक्षित न्यूनीकरण ” को सुनिश्चित गर्न ५ हजार सैनिक पठाइने बाइडेनको घोषणा

इनेप्लिज २०७८ साउन ३० गते २२:३४ मा प्रकाशित

अफगानिस्तानमा तालिबानले प्रान्त माथि प्रान्त कब्जा गर्दै गर्दा त्यसलाई “व्यवस्थित र सुरक्षित न्यूनीकरण ” को सुनिश्चित गर्न ५ हजार सैनिक पठाइने राष्ट्रपति जो बाइडेनको घोषणा गरेका छन् ।

उनले “अमेरिकी कर्मचारीहरू र अन्य सहयोगी कर्मचारीहरूको व्यवस्थित र सुरक्षित निकासी तथा अफगानिस्तानको व्यवस्थित र सुरक्षित निकासीको सुनिश्चित गर्नको लागी जसले हाम्रो समयमा हाम्रो सेनालाई सहयोग पुर्‍यायो त्यसलाई सुनिश्चित गर्न उक्त कदम चलेको बताए ।

उनले शनिवार अगस्त १४ का दिन तालिबान अगाडी बढ्दै जाँदा विशेष जोखिममा परेकाहरुका लागि सुनिश्चित गर्न कूल ५ हजार सैनिक त्यहा हुने उनले वक्तव्यमा जनाएका छन् ।

एक सुरक्षा अधिकारीका अनुसार बाइडेनको अधिकारले अफगानिस्तानमा पहिले नै मैदानमा रहेका सेनाहरुलाई संलग्न गर्ने बताएको समाचार सिएनएनले लेखेको छ ।

बाइडेनले शनिबार कुवेतमा रहेका १ हजार सैनिकलाई सिधैँ तैनाथ गर्ने अधिकार तथा अनुमोदन गरेका छन् । बाइडेनले गरेको निर्णयले काबुलमा अमेरिकी सेनाको कुल संख्या ५ हजार पुग्नेछ । पेन्टागनले यसअघि नै ३ हजार अतिरिक्त सैनिकहरु जाने घोषणा गरिसकेको थियो र उनीहरु त्यसतर्फ लागि सकेका छन् ।

साथै लगभग १ हजार सेना पहिले नै केही समयको लागी काबुलमा रहेको रक्षा अधिकारीले भने। सप्ताहन्तको अन्त्यसम्म काबुलमा थुप्रै सैनिकहरु आउने अनुमान गरिएको छ।

प्रतिक्रिया