रिभीयर बिचका मूर्तिहरू,

सुशील नेपाल २०७८ साउन ३० गते २२:०२ मा प्रकाशित

ति मूर्ति सुन्दर छन्,
तर प्राण छैन तिन्मा,
त्यो तिमीले र मैले देखेको
मान्छेले वनाएका मूर्तिहरू हुन्,

बोल्दैनन्,संज्ञा शुन्य छन्,
सर्लक्क परेका पाखुरा,
आमन्त्रणको आसमा बसेकाआँखा,
चूपचाप छन्,
न सुमसुम्याउन मिल्छ, न निचोर्न मिल्छ,
बालुवाले वनाइका पट्ट फुटने ति लोभलाग्दो मूर्तिहरू ,

तिमी के नि,
म के नि,?

प्राणवान्, प्रकृतिले सिर्जेका मूर्ति होइनौं,?
स्यानो भाइरसले छोयो कि पट्ट फुटने मूर्तिहरू,
प्राण छ,लोभ छ, कामुकता छ,आकर्षण छ,
ईचछा छ, बडो जटिल छ यो प्राणवान् मूर्ति,

तात्विक फरक देखिदैंन यी दुवै मूर्तिहरूमा ,
ति रिभीयर बिचको बालुवाका मूर्तिमा चपलता छैन,
स्थायी छ यिन्को मुस्कान्,
अस्तित्व यिन्को पनि क्षणिंक छ,
एउटा सानो हुरी,एउटा वलियो झरी ,
त्यस पछि माटों, कि त वालुवा,

अनि यो हामी नि,?
प्राणवान् मूर्तिहरू,

फ़ाइजर, र मेरडोनाले टेको लगाएर अड़ाइएका मूर्तिहरू,
एउटा भाइरसंगको युद्ध लडनु पर्ने
जितियो भने प्राण फिर्ता,
हारियो भनें,
त्यही रिभीयर बिचका मूर्तिहरूजस्तै,
एक अदद् मूर्तिहरू !!

(रिभीएर बिचमा बनेको बालुवाको मूर्तिहरूको सम्झनामा , यो सुन्दर समुद्रको किनार इस्ट बोस्टनमा छ)

८/१४/२१

राजमित्र प्रागण,
माल्डेन,बोस्टन,
अमेरीका

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया