डिसीमा १८ बर्षिय महिलालाई गोली हानी हत्या गर्ने संदिग्धको खोजीको सहयोग गर्न प्रहरीको अनुरोध
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा १८ बर्षिय महिलालाई गोली हानी हत्या गर्ने संदिग्धको सूचनाको सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ । गत शनिबार दिउसो डिसीको उत्तरपश्चिमामा उक्त संदिग्धले गोली हानि हत्या गरेकोले संदिग्धको पहिचान गर्न समुदायलाई डिसी महानगरीय प्रहरीलाई अनुरोध गरेको छ ।
उक्त घटना शुक्रबार दिउसो करिव १:१० मिनेटमा डिसीको उत्तरपश्चिम स्थित ५०० भवन समूहको अर्भिंग मार्ग भएको थियो । प्रहरीका अनुसार तलाया क्याम्पबेल नामक उक्त महिलाको कुनै स्थायी ठेगाना नभएको जनाएका छन् । उनलाई कुनै भवन भित्र गोली हानिएको थियो ।
उद्धार गर्न आएका टोलीले उनको निधन त्यही भएको घोषणा गरेका थिए । प्रहरीले उक्त हत्या काण्डमा फरार रहेका संदिग्धको पहिचान गरेको र डिसीको उत्तरपश्चिमका २१ बर्षिय जेरियल बुकर भएको जनाएका छन् ।
उनलाई डिसीको उच्च अदालतले सशस्त्र सहित हत्या गरेकोमा उनलाई दोश्रो श्रेणीको हत्याको अभियोग लगाएको समाचार डब्लुटिओपिले प्रकाशित गरेको छ ।
प्रतिक्रिया