अलि अलि कुराकानी
चाैतारिकाे बिसाैनीमा,
मनहरुकाे मनभित्र
जीवनकाे विहानीमा ।।
फूलै फूलका बागहरु
रङ्ग छर्दै बसन्तकाे ,
आशाहरु ब्युँताइ दिन्छन्
रङ्गीन सुन्दर कहानीमा ।।
सपनाहरुका सुन्दर देश
कैले स्वप्निल कैले धुमिल
पिरतीकाे रीत जस्ता
उनकाे प्याराे निशानीमा ।।
तरङ्गले रङ्गिएकाे
पल पल नै उमङ्गिएकाे
युवा बयमा सजाए झैं
सुन्दर तस्वीर सिरानीमा ।।
आशाहरु जिन्दगीका
तिर्सनाकाे क्षीर सागर
कलकल पानी पिए जस्ताे
न रित्याउ जवानीमा ।।
उमङ्ग हाम्राे आशा हाम्रा
किन चाहियाे याैवन मात्र
पल पल बाँच्नुछ पाैरखले
कतै नजाउ बिरानीमा ।।
अनन्त पथका यात्री हामी
छाेड्दै डाेबहरु पाइतालाका
अमर एउटा नाम छाेडाैं
मानवताकाे कहानीमा ।।
आउ सधैं युवा जाेशमा
कटाेस् चालीस गणनाकाे
हरेक पलहरु सम्झ छु म
जीवनकाे विहानीमा ।।
-केशवराज अवस्थी ” शीरीष
प्रतिक्रिया