महासचिव,गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ साउन ३० गते १०:५० मा प्रकाशित

ध्यान आकृष्ट भएको बारे

गैर आवासीय नेपाली सङ्घ अमेरिकाबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनमा भाग लिने २५ प्रतिशत प्रतिनिधि चयनका लागि अगष्ट १३ तारिख साँझ ५ बजे पुर्विय समयमा नै निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भइसकेको यहाँहरूलाई अवगतै छ।तर कतिपय व्यक्ति र समूहले गैर आवासीय नेपाली सङ्घ अमेरिकाको लोगो र केही डेकुमेन्टहरु नियतवश तोडमोड गरी प्रतिनिधि चयनका लागि निर्वाचन गर्न लागिएको भन्दै भ्रम छर्न प्रचार प्रसारमा प्रयोग गरिएको पाइएको छ । यस प्रति हाम्रो ध्यान आकृष्ट भएको छ।

अनधिकृत रूपमा संस्थाको लोगो राखेर सदस्यहरूको डाटा र सूचनाहरू सङ्कलन गर्ने क्रियाकलापलाई हामीले गम्भीर रूपमा लिएका छौँ।यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै व्यक्ति र पक्षहरूलाई हामी समयमै सचेत गराउन चाहन्छौँ।गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले कुनै पनि व्यक्ति र समूहलाई यस्ता काम गर्ने र गराउने अख्तियारी दिइएको छैन।संस्थाको विरुद्ध अवैध रूपमा गरिएका यस्ता क्रियाकलापको भ्रममा नपर्न र कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न नहुन आम सदस्यहरूलाई आह्वान गर्दछौँ ।

अन्जन कुमार चौलागाई्
महासचिव, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका
मिति ०८–१३–२०२१

प्रतिक्रिया